भदौ १८ काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित नहुने बताएकी छन् । सोमबार नवलपरासी पश्चिममा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेकाले कोही भूमि अधिकारबाट वञ्चित नहुने बताएकी हुन ।
संविधानले दिएको अधिकार अनुसार कोही पनि नेपाली नागरिक भूमिहीन नहुने बताउदै उनले आफ्नो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको बताईन । मन्त्री चौधरीले सरावल गाउँपालिका वडा नंम्बर ३ का २५ जना भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरे पछि उनिहरु खुसी भएका छन ।
उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्वासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान चलाउने बताउदै देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू भएकाले उनिहरुको पीडा र मर्कालाई बुझेर काम गर्ने बताईन ।
लालपुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले आफुले नेतृत्व सम्हाले देखि देशका विभिन्न स्थानका भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति द्र्रुतगतिमा काम भइरहेको बताईन । भूमिहीन दलित सुकुम्वासीहरूको भूमिमा पहुँच पु¥याउने उद्देश्यका साथ तीनै तहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको मन्त्री चौधरीले जानकारी गराईन । बताइन् ।