भदौ ०६ काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको हो भने ८ जना घाईते भएका हुन ।
दुर्घटनामा २ जना महिला र ६ जना पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।
घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरु मध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, डिएसपी जयसवालले भने । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
Post Views: 97