"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डोटीबाट बडीमालिकाका लागि पेटारो सहितको टोली प्रस्थान

Khabar Raftar

साउन ३२ डोटी । डोटीबाट बडीमालिकाका लागि पेटारो सहितको टोली प्रस्थान गरेको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बडीमालिकाका लागि बिहीबार डोटीबाट सरकारी पूजा सामग्री सहितको टोली प्रस्थान गरेको हो । हरेक वर्ष बडीमालिकाका लागि सरकारी पूजा सामग्री पठाउने चलन अनुसार पूजा सामग्री सहितको टोली प्रस्थान गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

हरेक वर्षझैँ यस वर्ष पनि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजा आजा गरि जिल्ला प्रशासन कार्यालय डोटीबाट पेटारो बडिमालीका लागि पठाइएको हो । सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकुडीले पेटारोलाई सलामी दिएको थियो । पेटारो पु–याउने टोलीको नेतृत्व जिल्ला समन्वय समिति, डोटीका सवारी चालक छत्रबहादुर खड्काले गरेको बताईएको छ ।

जनै पूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो १५ दिन लगाएर बडिमालिका पु¥याइन्छ । विहिबार हिँडेको सरकारी टोली साँझ पूर्वी चौकी गाउँपालिका वडा नम्बर–१ फुलौटमा र शुक्रवार पूर्वीचौकी गाउँपालीका वडा नम्बर–५ मा रहेको धानुकाँडामा बास बसाउनुपर्ने चलन रहेको छ ।

त्यसैगरी अछामको मार्कु, बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन रहेको बताईएको छ । पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिनु पर्ने बताईएको छ । पेटारो टोलि डोटीको शैलेश्वरी मन्दिर र मालिकाको पूजा गरि बडिमालिकाका लागी निस्केको हो । पञ्चे बाजा सहित जिल्ला प्रशासन कार्यालय, डोटीबाट निस्केको पेटारो सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको बताइएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?