"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव अधिकारको विश्वब्यापी आवधीक समीक्षा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

जेठ १७ धनगढी । मानव अधिकारको विश्वब्यापी आवधीक समीक्षा सम्बन्धी प्रदेश स्तरीय एक दिने परामर्श कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक सुदूरपश्चिम प्रदेशको र लुथरन विश्व फेडरेशनको संयुक्त आयोजनामा गरिएको एक दिने परामर्श कार्यक्रम बरधबार सम्पन्न भएको हो । मानव अधिकारको विश्वब्यापी आवधीक समीक्षा यूपीआरको मध्यावधीक समीक्षा सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम्मा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकका केन्द्रिय एडभोसी प्रमुख सम्झा श्रेष्ठले यूपीआर सम्बन्धी जानकारी मूलक प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

उनले नेपालले संयुक्त राष्ट्र संघका ८९ वटा महासन्त्री मध्ये ७ वटा महासन्धीमा हसताक्षर गरेको जानकारी गराउदै संयुक्त राष्ट्र संघमा १ सय ९३ देश सदस्य रहेको जानकारी गराईन । पक्ष राष्टहरुले गरेका प्रतिबद्धताहरु पूरा गरे नगरेको समीक्षा प्रत्यक साढे चार बर्षमा गरिने गरेको बताउदै उनले नेपालमा ले पहिलो समीक्ष २०११ जनवरीमा, दोस्रो समीक्षा २०१५ मा र तेस्रो समीक्षा २०२१ मा भएको जानकारी गराउदै चौथो समीक्षा २०२५ मा गरिने जानकारी गराईन । कार्यक्रमका सहभागी अधिबक्ता पुष्पविक्रम शाहीले नेपालले जातीय विभेदको अन्त्य गर्ने प्रतिबद्धता गरेको भए पनि जातीय विभेदको अन्त्य हुन नसकेको बताए । उनले संयुक्त राष्ट्रसंघमा सहि रिपोर्ट जानु पर्ने बताउदै सबैखाले विभदको अन्त्य हुनु पर्ने बताए ।

त्यसैगरी मुक्त हलीया सरस्वती लावडले मुक्त हलियाको अबश्था एकदमै दयनीय भउको बताउदै परिचय पत्र समेत नपाएको बताईन । उनले अब पठाईने प्रतिबेदनमा यस कुराको उठान गरि दिन आग्रह गरिन । त्यसैगरी मुक्त कमलरी मञ्चकी कौशल्या चौधरील मुक्त कमैया र कमलरीको अझै पुर्नस्थापना हुन नसकेको बताईन । दलित महिला संघकी अध्यक्ष सविना सुनारले अन्र्तजातीय विबाह गर्ने जोडीहरुले दुख पाउने गरेको बताईन । एनजीओ फेडरेशनका प्रदेश सचिब लोकमान धामीले स्वाश्यमा समेत खेल्बाड हुने गरेको बताउदै निशुल्क पाईने ७० प्रकारका औषधी पनि नपाउने गरेको बताए ।

उनले श्रमीकहरुलाई बेच्ने कार्य भईरहेको बताउदै शिक्षा समेत निशुल्क नभएको बताए । त्यसैगरी सञ्जु नेपालीले जातीय विभेदको मुद्धामा समेत सम्बन्धीत निकायले ध्यान नदिएको बताईन । उनले मानब अधिकार आयोगले समेत ध्यान नदिएकोमा आपत्ती जनाईन । त्यसैगरी अधिबक्ता कृष्ण सुबेदीले विबाहको उम्मेर २० बर्ष गरेकाले उमेर नपुगी गर्ने धेरै जसोले दुख पाउने गरेको बताए । उनले विबाहको उमेर २० बर्षबाट घटाउनु पर्ने बताए । त्यसैगरी नन्द राज भट्टले भौतिक सम्रचनाहरु अपाङग मैत्री हुन नसकेको बताउदै त्यस तर्फ ध्यान जानु पर्ने बताए ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडक राज जोशीले सहभागीहरुले उठाएका सुझावहरु संकलन गरेर प्रतिबेदनमा समेटीने बताए । राष्ट्रिय मानब अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरी प्रसाद ज्ञवालीले नेपालले सिवकर गरेका सबै महासन्धीहरुको पालना गर्नु पर्ने बताउदै समीक्षा गर्दा आएका सुझाबहरुलाई प्रतिबेदनमा समाबेश गरिने बताए । कार्यक्रमको सञ्चालन इन्सेकका कृष्ण विकले गर्नु भएको थियो भने कार्यक्रममा ल्थरन विश्व फेडरेशनका कार्यक्रम संयोजक मान सिह बोहरा लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए