"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित महिला पत्रकारद्धारा महाकाली देखि मेची साईकल यात्रा सुरु

No data was found

Khabar Raftar

बैशाख ०६ धनगढी,विरेन्द्र सिंह । जातीय तथा सबै प्रकारका विभेद अन्त्यसँगै दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न तिन जना दलित महिला पत्रकारले महाकालीको गड्डा चौकी वाट महाकाली देखि मेची सम्मको साईकल यात्रा सुरु गरेका छन् ।
दलित महिला पत्रकार रीता वुढाथोकी, ईन्दीरा विश्वकर्मा र संगीता नेपालीले महाकाली देखि मेची सम्मको साईकल यात्रा सुरु गरेका हुन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट सुरु गरेको साईकल यात्रा झापाको मेची नगरपालिकामा पुगेर सम्पन्न हुने रेडियो नेपालमा कार्यरत पत्रकार रिता बुढाथोकीले बताईन । रेडियो नेपालको समानता भन्ने कार्यक्रमका प्रस्तोतातथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव बुढाथोकीले साईकाल यात्रा १८ देखि २५ दिनको हुने जानकारी गराईन । साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित वस्तिमा पुगेर दलित महिलाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले बताईन ।

मेची महाकाली साईकल यात्रा जातीय छुवाछूत र भेदभाव विरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समुदायलाई समेत जागृत गराउनेविश्वस्त रहेको उनले बताईन । त्यसैगरी लुम्बीनी प्रदेश नवलपरासी वर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका वडा नम्बर ६ बस्ने पत्रकार ईन्दिरा बिश्वकर्मा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको कार्यसमिति सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका प्रदेश सदस्य हुन । अर्घाखाची मालाराना गाउपालिका वडा नम्बर ९, लुम्बीनी प्रदेश बस्ने पत्रकार तथा साईकल यात्री संगीता नेपाली रेडियो सामुदायिक सगर्भमा कार्यरत पत्रकार हुन ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल र समता मिडिया सेन्टरको ब्यानरसहित बुधबारबाट मेची महाकाली साइकल यात्राका सहभागी उनिहरुलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले खादा ओढाई सम्मान गरेर यात्राको सुभारम्भ गराएका हुन ।, जवसम्म दलितको न्याय समानताको सवाल छ त्यो केवल दलितको मात्र सवाल नभई सवैको साझा सवाल भएको बोध आम जनसमाजमा जव सम्म पार्न सकिदैन तब सम्म यसको निराकरण हुन नसकने बताउदै प्रदेश प्रमुख जोशीले त्यसकालागि सवैको ऐक्यवद्धता हुन जरुरी भएको बताउनु भयो । उनले आफ्नो पनि ऐक्यवद्ध रहेको जानकारी गराउनु भयो ।

त्यसैगरी धनगढी उप महानगरपालिकाका निवर्तमान नगर प्रमुख नृप वडले दलित भित्रका मात्र नभई सवै खाले विभेदहरुलाई निर्मुल पार्नुपर्छ भनेर साहस लिएर अगाडी वढुनु भएका तिन जना साईकल यात्रीहरुलाई सबैले सहयोग गर्नु पर्ने बताए । उनले सवैको साथ सहयोग र समर्थनले सबैखाले विभेदको अन्त्य गर्न सकिने बताउदै आ आफ्नो तह तप्कावाट सवैले सहयोग गर्नुपर्ने वताए । त्यसैगरी पूर्ब माननीय मान वहादुर सुनारले सवैखाले विभेद अन्त्यकालागि सुदूर पश्चिमवाट सुरु भएको साईकल यात्राले समग्र देश नेपालमा परिवर्तन ल्याउने विश्वास लिएको बताए ।

त्यसैगरी समता मिडियाका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बर्षै देखि क्यानसरका रुपमा जकडीएको छुवाछूत प्रथा हटाउन दलित मात्र नभई गैरदलितलाई पनि साथमा लिएर हातेमालो गर्न सके मात्र अन्त्य गर्न सकिने बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण