बैशाख ०६ धनगढी,विरेन्द्र सिंह । जातीय तथा सबै प्रकारका विभेद अन्त्यसँगै दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न तिन जना दलित महिला पत्रकारले महाकालीको गड्डा चौकी वाट महाकाली देखि मेची सम्मको साईकल यात्रा सुरु गरेका छन् ।
दलित महिला पत्रकार रीता वुढाथोकी, ईन्दीरा विश्वकर्मा र संगीता नेपालीले महाकाली देखि मेची सम्मको साईकल यात्रा सुरु गरेका हुन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट सुरु गरेको साईकल यात्रा झापाको मेची नगरपालिकामा पुगेर सम्पन्न हुने रेडियो नेपालमा कार्यरत पत्रकार रिता बुढाथोकीले बताईन । रेडियो नेपालको समानता भन्ने कार्यक्रमका प्रस्तोतातथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव बुढाथोकीले साईकाल यात्रा १८ देखि २५ दिनको हुने जानकारी गराईन । साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित वस्तिमा पुगेर दलित महिलाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले बताईन ।
मेची महाकाली साईकल यात्रा जातीय छुवाछूत र भेदभाव विरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समुदायलाई समेत जागृत गराउनेविश्वस्त रहेको उनले बताईन । त्यसैगरी लुम्बीनी प्रदेश नवलपरासी वर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका वडा नम्बर ६ बस्ने पत्रकार ईन्दिरा बिश्वकर्मा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको कार्यसमिति सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका प्रदेश सदस्य हुन । अर्घाखाची मालाराना गाउपालिका वडा नम्बर ९, लुम्बीनी प्रदेश बस्ने पत्रकार तथा साईकल यात्री संगीता नेपाली रेडियो सामुदायिक सगर्भमा कार्यरत पत्रकार हुन ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल र समता मिडिया सेन्टरको ब्यानरसहित बुधबारबाट मेची महाकाली साइकल यात्राका सहभागी उनिहरुलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले खादा ओढाई सम्मान गरेर यात्राको सुभारम्भ गराएका हुन ।, जवसम्म दलितको न्याय समानताको सवाल छ त्यो केवल दलितको मात्र सवाल नभई सवैको साझा सवाल भएको बोध आम जनसमाजमा जव सम्म पार्न सकिदैन तब सम्म यसको निराकरण हुन नसकने बताउदै प्रदेश प्रमुख जोशीले त्यसकालागि सवैको ऐक्यवद्धता हुन जरुरी भएको बताउनु भयो । उनले आफ्नो पनि ऐक्यवद्ध रहेको जानकारी गराउनु भयो ।
त्यसैगरी धनगढी उप महानगरपालिकाका निवर्तमान नगर प्रमुख नृप वडले दलित भित्रका मात्र नभई सवै खाले विभेदहरुलाई निर्मुल पार्नुपर्छ भनेर साहस लिएर अगाडी वढुनु भएका तिन जना साईकल यात्रीहरुलाई सबैले सहयोग गर्नु पर्ने बताए । उनले सवैको साथ सहयोग र समर्थनले सबैखाले विभेदको अन्त्य गर्न सकिने बताउदै आ आफ्नो तह तप्कावाट सवैले सहयोग गर्नुपर्ने वताए । त्यसैगरी पूर्ब माननीय मान वहादुर सुनारले सवैखाले विभेद अन्त्यकालागि सुदूर पश्चिमवाट सुरु भएको साईकल यात्राले समग्र देश नेपालमा परिवर्तन ल्याउने विश्वास लिएको बताए ।
त्यसैगरी समता मिडियाका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बर्षै देखि क्यानसरका रुपमा जकडीएको छुवाछूत प्रथा हटाउन दलित मात्र नभई गैरदलितलाई पनि साथमा लिएर हातेमालो गर्न सके मात्र अन्त्य गर्न सकिने बताए ।