"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भारतद्वारा एक पक्षिय रुपमा महाकालीमा तटबन्ध निर्माणको काम जारी

Khabar Raftar

चैत्र २६ दार्चुला । दार्चुलाको महाकाली नदीमा भारतले एक पक्षिय रुपमा तटबन्ध निर्माणको काम जारी राखेको छ । नेपालको सहमती बिना जिल्ला सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारतले एक पक्षिय रुपमा तटबन्ध निर्माणको काम गरिरहेको हो । भारतीय पक्षले महाकाली मिचेर तटबन्ध निर्माण गर्ने कार्य गरिरहदा समेत नेपाल सरकारले मुख खोल्न सकेको छैन । सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमती र समन्वय हुनुपर्ने व्यवस्था भए पनि भारतले एक पक्षिय रुपमा तटबन्धको काम गरिरहेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सीमामा कुनै पनि गतिविधि गर्न दुवै देशको सहमती आवश्यक भए पनि भारतले एकलौटी रुपमा धमाधम तटबन्ध निर्माण गरिरहेको हो । महाकाली नगरपालिका वडा नम्बर – ४ स्थित पुलघाट क्षेत्रको पारी धार्चुलामा रहेको स्टेडियम छेउदेखि घट्टे खोला सम्म महाकाली नदि किनारमा २०७८ माघ पहिलो साताबाट भारतले करिब १ किलोमिटर लम्बाई ९ मिटर उचाई तथा १० मिटर चौडाईको पक्की तटबन्ध सुरु गरेको थियो । भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरेर तटबन्ध निर्माण गरि रहेको अबश्थामा त्यतीबेला खलंगाबासीहरुले विरोध गरेका थिए । भारतको ज्यादती देखेर नेपालीहरुले विरोध गरेपछि तटबन्ध अलि पर सारिएको थियो ।

भारतले बलमिच्याँई गरेर तटबन्ध निर्माणको थालनी गरेपछि जनताले स्थानीय प्रशासन देखि केन्द्र सरकारको समेत ध्यानाकर्षण गराएका थिए । तटबन्ध निर्माण सुरु गरेपछि स्थानीय प्रशासनले माघ २० गते दुवै देशका स्थानीय अधिकारी र सुरक्षाकर्मी विच चलेको काउन्टरपार्ट मिटिङमा यो विषय उठेको थियो । त्यो बेला भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुले तटबन्ध निर्माण गर्दा नदीको वहाव परिवर्तन नहुने तथा नेपालमा कुनै असर नपर्ने गरि निर्माण गर्ने प्रतिबद्धता गरेका थिए । तर प्रतिबद्धता तोडेर फेरि भारतले धार्चुला पुलघाटको उत्तरमा महाकाली नदीको पानी नेपाल तर्फ फर्किने गरेर तटबन्ध बनाउन थालेको हो ।

भारतलाई तटबन्ध निर्माणका विषयमा प्रशासनले पत्राचार गर्दै आएको भएपनि काम नरोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका खरिदार सागर जोशीले बताए । नेपाललाई असर पर्ने गरेर भारतले गरिरहेको कामको गृहमन्त्रालयमा समेत धेरै पटक पत्र पठाइ सकिएको जिल्ला प्रशासनकार्यालय दार्चुलाले जनाएको छ । तर पनि भारतले काम रोकेको छैन । महाकाली मिचेर तटबन्ध गरिरहँदा पनि सरकार कडा रुपले प्रस्तुत नभएको खलंगावासी नागरिकहरूले गुनासो गरेका छन । दार्चुलाको सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालय सहित एक सय ५६ घर बगाएको थियो ।

भारतकै धौँलीगंगा बाँधका कारण ९ वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी अहिले महाकाली मिचेर तटबन्ध निर्माण हुन थाले पछि त्रसित बनेका छन् । महाकालीको धार नेपालतिर फर्किँदा दार्चुला सदरमुकाम नै जोखिममा पर्ने स्थिति आउने भन्दै स्थानीय नागरिकहरू त्रर्सित भएका छन । नेपाल सरकारले भने सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाउँदै आएको भए पनि आवाज समेत उठाउन सकेको छैन ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते