"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतद्वारा एक पक्षिय रुपमा महाकालीमा तटबन्ध निर्माणको काम जारी

No data was found

Khabar Raftar

चैत्र २६ दार्चुला । दार्चुलाको महाकाली नदीमा भारतले एक पक्षिय रुपमा तटबन्ध निर्माणको काम जारी राखेको छ । नेपालको सहमती बिना जिल्ला सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारतले एक पक्षिय रुपमा तटबन्ध निर्माणको काम गरिरहेको हो । भारतीय पक्षले महाकाली मिचेर तटबन्ध निर्माण गर्ने कार्य गरिरहदा समेत नेपाल सरकारले मुख खोल्न सकेको छैन । सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमती र समन्वय हुनुपर्ने व्यवस्था भए पनि भारतले एक पक्षिय रुपमा तटबन्धको काम गरिरहेको हो ।

No data was found

सीमामा कुनै पनि गतिविधि गर्न दुवै देशको सहमती आवश्यक भए पनि भारतले एकलौटी रुपमा धमाधम तटबन्ध निर्माण गरिरहेको हो । महाकाली नगरपालिका वडा नम्बर – ४ स्थित पुलघाट क्षेत्रको पारी धार्चुलामा रहेको स्टेडियम छेउदेखि घट्टे खोला सम्म महाकाली नदि किनारमा २०७८ माघ पहिलो साताबाट भारतले करिब १ किलोमिटर लम्बाई ९ मिटर उचाई तथा १० मिटर चौडाईको पक्की तटबन्ध सुरु गरेको थियो । भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरेर तटबन्ध निर्माण गरि रहेको अबश्थामा त्यतीबेला खलंगाबासीहरुले विरोध गरेका थिए । भारतको ज्यादती देखेर नेपालीहरुले विरोध गरेपछि तटबन्ध अलि पर सारिएको थियो ।

भारतले बलमिच्याँई गरेर तटबन्ध निर्माणको थालनी गरेपछि जनताले स्थानीय प्रशासन देखि केन्द्र सरकारको समेत ध्यानाकर्षण गराएका थिए । तटबन्ध निर्माण सुरु गरेपछि स्थानीय प्रशासनले माघ २० गते दुवै देशका स्थानीय अधिकारी र सुरक्षाकर्मी विच चलेको काउन्टरपार्ट मिटिङमा यो विषय उठेको थियो । त्यो बेला भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुले तटबन्ध निर्माण गर्दा नदीको वहाव परिवर्तन नहुने तथा नेपालमा कुनै असर नपर्ने गरि निर्माण गर्ने प्रतिबद्धता गरेका थिए । तर प्रतिबद्धता तोडेर फेरि भारतले धार्चुला पुलघाटको उत्तरमा महाकाली नदीको पानी नेपाल तर्फ फर्किने गरेर तटबन्ध बनाउन थालेको हो ।

भारतलाई तटबन्ध निर्माणका विषयमा प्रशासनले पत्राचार गर्दै आएको भएपनि काम नरोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका खरिदार सागर जोशीले बताए । नेपाललाई असर पर्ने गरेर भारतले गरिरहेको कामको गृहमन्त्रालयमा समेत धेरै पटक पत्र पठाइ सकिएको जिल्ला प्रशासनकार्यालय दार्चुलाले जनाएको छ । तर पनि भारतले काम रोकेको छैन । महाकाली मिचेर तटबन्ध गरिरहँदा पनि सरकार कडा रुपले प्रस्तुत नभएको खलंगावासी नागरिकहरूले गुनासो गरेका छन । दार्चुलाको सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालय सहित एक सय ५६ घर बगाएको थियो ।

भारतकै धौँलीगंगा बाँधका कारण ९ वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी अहिले महाकाली मिचेर तटबन्ध निर्माण हुन थाले पछि त्रसित बनेका छन् । महाकालीको धार नेपालतिर फर्किँदा दार्चुला सदरमुकाम नै जोखिममा पर्ने स्थिति आउने भन्दै स्थानीय नागरिकहरू त्रर्सित भएका छन । नेपाल सरकारले भने सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाउँदै आएको भए पनि आवाज समेत उठाउन सकेको छैन ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ