जनबादी गीत संगीत र कलाकारहरुको आमुल परिबर्तनमा मह्त्वपूर्ण योगदान रहेको छ । तर पनि जनबादी गीत संगीत र कलाकारहरुलाई सरकारले उपेक्षा गर्दै आएको छ । बास्तविक जनताका कथा ब्याथा र राष्ट्रियताले भरीएका गीत गाउँने जनकलाकारहरुको देश परिबर्तन र ब्याबश्था परिबर्तनमा महत्वपूर्ण भूमीका भए पनि जनबादी गीत संगीतलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु सरकारले ल्याउन जरुरी छ । जनताका गीत गाएर शोषीत पीडितहरुका कथाब्याथा गाएर नेताहरुलाई सत्तामा पु¥याउने जनकलाकारहरुलाई तीनै नेताहरुले विर्सनु दुखद विषय हो ।
जनबादी गीत संगीतले सत्तामा पुगेका नेताहरुले आफ्नो पृष्ठभूमीलाई विर्षनु हुदैन भन्ने चेतनाको विकास हुन जरुरी छ । राष्ट्रका लागी संङ्गीत अभियान सञ्चालन गरेका जनकलाकारहरुले अहिले एउटै स्वर उठाएका छन । सबै बामपन्थीहरु एक हुनु पर्छ । उनिहरुले बर्षै देखि जनबादी गीत गाउदै आएका जनकलाकारहरुले चाहेको शासन ब्याबश्था अझै नेपालमा आउन नसकेकाले जनताको शासन ल्याउन सबै एक हुनु पर्ने उद्घोष एउटै मञ्चबाट गरेका छन । यो अदम्य सहासको कदर गर्दै अब नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ, जनबादी गीत संगीतको संरक्षण र सम्बर्दन गर्नु पर्छ भन्ने विचारको उदय हुनु पर्छ ।
नेपालका हरेक आन्दोलनमा जनबादी कलाकार र गीत संगीतले पार्टी भन्दा एक कदम अगाडी रहेर गरेको कामको अब मूल्याङकन हुन जरुरी छ । देशको आमुल परिबर्तनहरुमा उल्लेख्य भूमीका निर्बाह गर्ने जनकलाकारहरुलाई राज्यले सम्झिनु पर्छ । सामाजीक परिबर्तन र राजनैतिक परिबर्तनका लागी गीत गाउने कलाकारहरुलाई राज्यले बेवास्ता गर्नु हुँदैन ।
राष्ट्रियताका सवालमा जनजीविकाका सवालमा कलाकारहरु सन्तुष्ट हुन नसकेको अबश्थामा जनतालाई सचेत गर्दै शक्तिशाली बनाउन साङ्गीतीक अभियात्रा सुरु गरेका जनकलाकारहरुलाई अब राज्यले सम्झिनु पर्छ । उनिहरुको योगदानको कदर गर्नु पर्छ । गीत संगीत मार्फत जनताको आवाज उठाउने जनकलाकारलाई सरकारले उपेक्षा होईन सम्मान गर्नु पर्छ । जनबादी गीत संगीतको महत्व बुझ्नु पर्छ ।

