प्रदिप मलासी,माघ २६ बझाङ । लक्षित बर्गका लागी योजना तर्जुमा ,बजेट बिनीयोजन तथा प्रभाबकारी कार्यान्वयन सम्बन्धि एक दिने गोष्ठि सम्पन्न भएको छ । मुक्त हलिया सशक्तिकरण परीयोजना अन्र्तगत लक्षित बर्गका लागी योजना तर्जुमा ,बजेट बिनीयोजन तथा प्रभाबकारी कार्यान्वयन सम्बन्धि एक दिने गोष्ठि आज सम्पन्न भएको हो । राष्टिय मुक्तहलिया समाज आयोग महासँघ नेपालको आयोजना र युरोपियन युनियनको आर्थिक सहयोगमा उक्त कार्यक्रम जयपृथ्बी नगरपालिकामा आयोजना गरीएको थियो ।
जयपृथ्बी नगरपालिकामा बजेट बिनियोजन गर्दा मुक्तहलिया समुदायलाइ समेट्रने तरीकाले बिनियोजन गर्नुपर्ने भन्ने उदेश्यले उक्त कार्यक्रम गरीएको हो । हाल मुक्त हलिया सशक्तिकरण परीयोजना सुदूरपश्चिमका ५ जिल्लाका १५ वटा पालिकामा लागु गरीएको छ । जसमा उक्त परीयोजनाले जिल्लाका े जयपृथ्बी नगरपालिका र थलारा गाृपालिकामा लागु गरीएको छ । जयपृथ्बी नगरपालिकाका नगरप्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्षहरु,,दलित आयोगका अध्यक्षहरु, महिला आयोगका सदस्य, लगाउतको उपश्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै जयपृथ्बी नगरपालिकामा रहेको दलित बिकास समितीका अध्यक्ष गोबिन्द नेपालिले पहिलो पटक जयपृथ्बीनगरपालिकामा यो समिती गठन भएकाले आफुले प्रत्यक वडामा गणक पठाएर दलितहरुको बास्बिक तथङक सँकलन गर्ने बताउनुभयो । यस्तै नगरपालिका नगर प्रमुख चेतराज बजालले केन्द्रमा दलित आयोग भएकाले जयपृथ्बी नगरपालिकामा पनि दलितहरुको हक हित र उनिहरुको समस्याहरुलाइ समाधान गर्नको लागी दलित बिकास समिती र महिलाहरुको समस्या समाधानको लागी महिला बिकास समिती गठन गरीएको बताउनुभयो ।
नगरपालिकाले रकम बिनियोजन गर्दा लक्षित बर्गकोलाइ समेटेर बजेट बिनियोजन गर्ने बताउनुभयो ।
यस्तै उहाले नगरपालिकाले हलियाहरुको बिषयमा कार्यबिधि बनाएर छिटै कार्यान्वयनमा ल्याइ हलिया समुदायको परीवर्तनका लागी नगरपालिका लागी पर्ने बिश्वास व्यक्त गर्नुभयो । हाल जिल्लामा २८ सय ४८ मुक्तहलिया परीवार रहेका छन् ।
उनीहरुमध्य २६ सय ९७ जना पुनस्थापनाको कायृक्रममा परेका छन् । जसमा पुन स्थापना प्याकेज अनुसार क र ख बर्गका २ सय ९४ जनाले जग्गा खरीद गरेका छन् भने क र ग बर्गका २ सय ७७ जनाले घर निर्माण गरेका छन् भने घ र ख बर्गका का २१ सय २६ जनाले घर मर्मत गरेको जनाइएको छ ।
राष्टिय मुक्त हलिया समाज महासँघ नेपालका महा सचिब मँगल सार्किले सञ्चालन गर्नुभएको कार्यक्रममा अधिकार परियोजनाका टिमलिडर चक्र आर्गी र जयपृथबीनगरपालिकाका योजना शाखा अधिकृत बिजय रजत ले प्रस्तुतिकरण गर्नुभएको थियो ।


