"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा नक्कली नोट र बाघको हड्डी सहित ५ जना पक्राउ

No data was found

Khabar Raftar

पौष १२ धनगढी । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप महानगरपालिका वडा नम्बर –४ बसपार्क र वडा नम्बर १३ को राजपुरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

साल्ट ट्रेडिङ कपर्नेरेशन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको विशेष सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १ सय ३८ नोट सहित अन्य चार जनालाई पक्राउ गरिएको हो। राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका वडा नम्बर १० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने ५० वर्षीय मोहन सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको उनलदे जानकारी गराए ।

राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी गर्दा पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १ सय ३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो देखिने करीब साढे ५ किलो जती अस्थीपंजर हड्डी र प्लाष्टिक भित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु