पुस ०९ काठमाण्डौ । नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न शनिबार बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।
करिब ३ घण्टा बालुवाटारमा बसेको बैठकले कुनै नतिजा निकाल्न सकेन । तर, भोलि फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भोलि बिहान बैठक बस्ने र त्यसले सरकार गठनबारे टुंगो लगाउने बताए । आजको बैठकमा माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने स्पष्ट अडान राखेको छ । तर, कांग्रेसले पनि दाबी छोडेन । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि पाँच बजे सकिँदैछ ।
Post Views: 60