बैशाख २९ काठमाण्डौ । नेपालमा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ६३ जनाको पिसिआर परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ सय ५४ जनाके एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यसैगरी थप १८ जना संक्रमित संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनायको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ सय ७३ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 247


