बैशाख २३, काठमाडौं । नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार २१४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा पाँचजनाको पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक हजार ६६ नमुनाको पीसीआर परीक्षण गर्दा चार र एक हजार १४८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ६२९ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
Post Views: 89


