शितल स्नेही बैशाख ०४ बझाङ । नेपाली काँग्रेस बझाङका सभापति खडक बोहराको परिवार सवार जीप दुर्घटना हुँदा उनका माइला छोरा विनोद बोहराको मृत्यु भएको छ ।
वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका सभापति बोहराको परिवार सवार सुपप्र ०१९००१ च ००९५ नम्बरको जीप शनिबार राति १२ः४० बजे वित्थडचिर गाउँपालिकाको वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा माईला छोरा विनोद बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा उनका माइला छोरा २७ वर्षीय विनोद बोहराको मृत्यु भएका् प्रहरीले जनाएको हो । सभापति बोहरा सामान्य घाइते भएका छन्। दुर्घटनामा घाइते भएकी सभापति बोहराकी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ।
घाइते खडक, उनका कान्छा छोरा पारस तथा चालक समेत रहेको भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जीप अनियन्त्रित भएर दुर्घटना भएको जानकारी गराएका छन ।