"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचर्न सम्पन्न गर्न मिडियाको भूमिका महत्वपूर्ण छ ः डाः तुलाधर

No data was found

Khabar Raftar

बैशाख ०३ धनगढी । निर्वाचन आयुक्त डाः जानकी तुलाधरले स्थानिय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ । शनिवार धनगढीमा आयोजित स्थानीय तह निर्वाचन सम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयुक्त डाः तुलाधरले यस्तो बताउनु भएको हो ।

आयुक्त डा तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबै भन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो र भयरहित ढङ्गले सम्पन्न गराउन सबैको साझा दायित्व भएको बताउनु भयो ।

उनले संविधानले तोकेको जिम्मेवारी पूरा गर्न आयोग प्रतिवद्ध रहेको बताउदै हरेक स्थानीय तहमा कार्यालय स्थापना भइसकेकाले पत्रकारले आचारसंहिता उल्लङ्घनका घटनालाई निगरानी गर्नुपर्ने बताउनु भयो । उनले आममतदातालाई निर्वाचनमा सहभागिता गराउन आवश्यक रहेको बताउदै मत बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला पक्ष अघि बढ्नु पर्ने जानकारी गराउनु भयो ।
त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चार जगत र पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुति गरेका थिए । उनले सबै राजनीतिक दलसंग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेका थिए । त्यसैगरी उनले मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह समेत गर्नु भयो ।

उनले निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने भएको बताए । त्यसैगरी आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रको बारेमा जानकारी गराउनु भयो । उनले स्थानीय तहको निर्वाचन निर्देशिका अनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको जानकारी गराउनु भयो ।

उनले छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छपाइ भएको जानकारी गराउनु भयो । उनले कैलालीका लागि दुई लहरको चुनाव चिन्ह रहेको मतपत्र रहने जानकारी गराए । सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता र दुई हजार १ सय ३ वटा मतदान केन्द्र रहेको जानकारी गराईएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत