"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मनपरी भाँडा असुल्दै यातायात व्यवसायी

Khabar Raftar

बैशाख ०१ धनगढी । यातायात ब्याबसायीहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्दै आएका छन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आकास छोए पछि बस व्यवसायीले आफूखुशी मनपरी भाडा असुल्ने गरेका कारण यात्रुलाई मर्का पर्ने गरेको छ ।
मंगलबार कञ्चनपुरको गुलरिया देखि अत्तरिया चोकसम्म आउन ना ४ ख ६१७५ नम्बरको बसमा चढेका यात्रु महेश खत्रीलाई चालीस रुपैया भाडा मागे पछि गुलरिया चोकदेखि दुई किलोमिटर गज्रौला चोकमा ओर्लीनु परेको उनले बताए ।
महेन्द्रनगर देखि अत्तरिया सडक खण्डमा चलेको उक्त बसका सहचालकले गुलरिया वजारबाट झण्डै पाँच किलोमिटरको दूरीमा रहेको अत्तरिया चोकसम्म तोकिएको भन्दा बढी चालीस रुपैया भाडा मागेपछि आफू बीच बाटेमै झर्न वाध्य भएको उनले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२० रुपैया भाडा लाग्ने गरेकोमो आफूसँग डबल भाडा मागे पछि भाडा दिन नसकेर विचमै झर्न वाध्य भएको उनले बताए । गुलरिया चोकमा रोकिएको उक्त बसका चालक र सहजकर्ताले धनगढी जाने भन्दै आफूलाई बसमा चढाएको बताउदै उनले यात्राका क्रममा बस अत्तरियासम्म मात्र जाने भनेर ठगिरहेको र भाडा पनि तोकिए भन्दा बढी मागिएको उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहानामा खास गरी छोटो दूरीमा चल्ने बस लगाएतका सवारी साधनले पछिल्ला दिनमा मनोमानी ढङ्गले भाडा असुल्न थालेपछि समस्या झेल्नुपरेको यात्रुहरुले गुनासो गर्दै आएका छन । छोटो दूरीमा चल्ने कतिपय सवारी साधनले भाडा लिइसके पछि यात्रुलाई टिकट समेत उपलब्ध नगराउँदा सम्बन्धित निकायमा उजुरी समेत गर्न कठिनाई भइरहेको पीडित यात्रुहरुले बताएका छन ।

महाकाली यातायात व्यावसायी समितिका अध्यक्ष डम्मर पन्तले आफूखुशी भाडा लिएको बारे आफूलाई जानकारी नभएको दावी गर्दै सरकारले तोकेको भाडादर भन्दा बढी भाडा यात्रुबाट लिन नपाइने बताए ।
तोकिए भन्दा बढी भाडा माग्नेलाई कारवाही गर्न नजिकको प्रहरी कार्यालय र यातायात कार्यालयमा उजुरी गर्न सकिने उनले बताए पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले हालै सार्बजनिक सवारीका साधनको साविकको भाडा दरमा ११ प्रतिशतले वृद्धि गरेको उनले जानकारी गराए ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह