"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपालका लागि क्यानडाका राजदूत क्यामेरोन डिन म्याक्यीसंग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडूको शिष्टाचार भेट

No data was found

Khabar Raftar

चैत्र २९ काठमाण्डौ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानडाका गैरआवाशीय महामहिम राजदूत क्यामेरोन डिन म्याक्यी (H,E,Mr, Cameron Dean MacKay) ले शिष्टाचार भेट    गर्नुभयो । भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
त्यसअवसरमा माननीय मन्त्रीज्यूले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुका साथै ÚPost Covid EraÚ मा पनि सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै मन्त्री बडूले नेपालको विकास प्राथमिकता अनुरुप विगतमा झै क्यानडा सरकारले आगामी दिनमा पनि नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पाँच दशक लामो दुईपक्षीय कुटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको र नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा विकासमा समेत क्यानडा सरकारको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै माननीय मन्त्रीज्यूले व्यापार सहजिकरण तथा कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र मानव संसाधन विकासका क्षेत्रमा नेपालमा लगानी बढाउन अनुरोध गर्नुभयो ।

छलफलमा महामहिम राजदूतले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी बृद्धि गर्न सकिने बताउनु भयो ।

क्यानडा सरकार तथा अन्य लगानीकर्ताहरु मार्फत थप लगानी बृद्धि गर्न तयार रहेको बताउनुहुँदै महामहिम राजदूतले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूती मार्फत लगानीकर्तामा विश्वास सृजना गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिव लगायतका कर्मचारीहरु, परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान