"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सार्वजनीक शौचालय प्रयोग बिहीन हुँदा स्थानियलाई सास्ती

No data was found

Khabar Raftar

शितल स्नेही चैत्र २८ बझाङ । बझाङको सदरमुकाम चैनपुरमा र्निमाण गरिएको सार्वजनीक शौचालय प्रयोग बिहीन बनेको छ । सार्वजनिक शौचालय प्रयोगमा नआउदाँ सदरमुकाम चैनपुरमा आउने सेवाग्राहीहरु लाइ दिशापिसाव गर्न समस्या हुने गरेको छ ।
तत्कालीन जिल्ला बिकास समीतीले जिल्ला सदरमुकाम आउने मान्छेहरु लाइ दिशापिसाव गर्न सजिलो होस भन्ने उदेश्यले चैनपुरको खुला मन्चमा १४ लाख खर्च गरेर निर्माण गरेको सार्वजनिक शौचालय प्रयोग विहिन बन्दै गएको हो ।
सार्वजनिक शौचालयको संचालनको व्यवस्थापन नगर्नु र स्थानिय सरकार आइसकेपछि पनि उक्त शौचालय संञ्चालनका लागी पहल नगर्नाले अहिले शौचालय उपयोगविहिन बन्दै गएको हो ।

No data was found

शौचालयमा ताला लगाईएको छ भने पानीको व्यवस्थान तथा संञ्चालन गर्ने मान्छेहरु नराख्दा सरकारको लगानी त्यतीकै खेर गएको छ । सदरमुकाम चैनपुर बजारमा शार्वजनिक शौचालय नहुदाँ समस्या भएको जनगुनासो आउने गरेको भए पनि शौचालय संञ्चालनका लागी कुनै निकायले पनि हाल सम्म पहल गरेको    छैन ।

सदरमुकाम चैनपुरमा सार्वजनीक सौचालय नभएर सेवा ग्राही तथा अन्य सर्वसाघारणहरुले समस्या झेल्दै आएका छन् भने उतm सार्वजनीक सौचालय संचालनमा ल्याउनको निम्ती नगरपालिकाले ब्यवास्ता गरेको नगरवसीहरुको गुनासो रहेको छ । सदरमुकाम चैनपुरमा समय समयमा लाग्ने मेला ,पर्व, अधिवेशन जस्ता कार्यक्रमहरुमा सहभागी हुने स्थानियले झनै सास्ती झेल्दै आएका छन ।

स्थानिय सरकारको लापरवाहीका कारण उतm र्सावजनीक शौचालय खाली एउटा संरचनाको रुपमा मात्रै परीरणत भएको छ । बिभिन्न्न कामको शीलशिलामा चैनपुर भन्दा बाहीरका नागरीकहरु सदरमुकाम आएका बेला सौच गर्नको निम्ती झाडी ,खोलामा जानु पर्ने बाध्यता हुनुका साथै प्राकृतिक बातावरण समेत प्रदुषित हुन पुगेको दुर्गाथली गाउपालिकाका लक्ष्मण खत्रीले बताए ।

तेस्तै खुल्ला मञ्च नजिकै रहेको शौचालय बिगत लामो समय देखीनै सञ्ंचालनमा नअएको र चर्पी प्रयोग गर्नकै निम्ती कुनै न कुनै होटलमा नास्ता खानु पर्ने बा्ध्यता रही आएको छबिसपाथिभेर गाउपालिका वडा नम्बर ३ का रबिन्द्र धामीले गुनासो गरे । नगरपालिकामा पर्याप्त बजेट हुदा समेत उतm सार्वजनिक सौचालयको र्ममत तथा संञ्चालनमा बेवास्ता र्गनु आफैमा लाज र्मदो कुरा भएको जयपृथ्वी नगरपलिका वडा नम्बर १० की स्थानीय तथा नेपाली कांग्रेस सुदूरपश्चिमकी कान्छी महाधिवेशन प्रतिनिधि र्सीजना स्नेहीले बाताइन् । उनका अनुसार स्थनीय सरकारलाइ बारबार घचघचाइएको भए पनि अहीले सम्म केही गर्न नसकेको र कमेसेकम आफ्नो कार्यकालको अन्तिममा स्थानिय सरकारले त्यसको संञ्चालनमा ध्यान दिनु पर्ने स्नेहीले बताईन ् ।

आफुले बेलाबेलामा उतm सर्वजनीक शौचालय प्रयोगमा ल्याउनको लगी पहल गरिरहेको र शौचालयको सम्पुर्ण जिम्मेवारी दिइएको ब्यतmीले शौचालय संञ्चालन नगरेको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले बताइन् । जाग्रीका अनुसार शौचालय खोल्ने बन्द गर्ने ब्यतmीलाइ सोध्दा खोल्छु भन्ने तर बास्तवमा शौचलय नखोल्ने गरेको उनले बाताइन् । यसको जिम्मेवारी नगरपलिकालाइ भन्दा पनि जि.बि.स लेनै निर्माण गरेको हुदा जि .बि.सकै ब्यतmीलाइ जिम्मा दिएको जग्रीले बताइन् । ्
तत्कालीन जिल्ला बिकास समितिको स्थानिय विकास अधिकारी युवराज कट्टेल हुदा त्यतीखेरको सर्वपक्षीय सर्वदलीय बैठकको माध्यमबाट पत्रकार ,समाजसेवी , बुद्धीजीवी तथा सबै सर्वसाधारणको सयुतm आवाजबाट उतm सार्वजनीक शौचालय निर्माण भएको पत्रकार महासंघका पुर्वअध्क्ष जगदीस रोकायाले बताए । उनका अनुसार नेपालमा संघीयता गणतन्त्र आइसकेपछी, स्थानीय सरकारको निर्माण पश्चात सार्वजनीक संरचनाहरुको सम्र्बधन , संरक्षण , सदुपयोग गर्ने र संञ्चालनमा ल्याउने जिम्मेबारी जयपृथ्वी नगरपलिका र्अर्थात स्थानीय सरकारको भएको रोकायले बताए ।

धेरै सरकारी अड्डाहरु चैनपुरमा भएका कारण अन्य सरकारी तथा सघंसंस्थाको कामकाजले जिल्लामा थुप्रै मानिसहरु आउने गरेको हुदा पैसा भएकाहरुले नास्ताको बाहानामा होटलको चर्पी प्रयोग गर्न सक्ने भए पनि अन्य गरिब तथा आय स्तर कम भएका नागरीकहरुका लागी निकै समस्या भएको रोकायाले      बताए । नगरपालिकाको गैर जिम्मेवारीपन तथा सक्रीयताको कमीले र्गदा लाखौको सार्वजनीक शौचालय बन्द भएको रोकायाको ठम्म्याइ छ । खुलामञ्चको छेउमा रहेको उतm सार्वजनीक शौचालयको प्रयोग नहुदा आम सर्वसाधारण जनताको करको खिल्ली उडेको छ । सरकारले भने देशबिकासकै लागी भनेर आम सर्वसाधारण जनताहरुबाट ढाड सेकीने गरी कर असुली रहेको छ तर उतm करभने उचीत ठाउमा लगानी नभएको देखीएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ