"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय निर्बाचनमा कैलालीमा पाँच दलीय गठबन्धन हुने

No data was found

Khabar Raftar

चैत्र २७ धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा पाँच दलीय गठबन्धन गर्ने सहमती भएको छ । आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र, २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्र लगायतलाई आधार मान्दै गठबन्धन गर्ने सहमति भएको हो ।
नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले वडातह देखि नै १३ वटै स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएको जानकारी गराए । सचिव मिश्रले १३ वटै स्थानीय तहमा दाबी रहेको बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि ज्ञवालीले काँग्रेसको माग दाबीका आधारमा आफूहरुले स्थानीय तहमा दाबी गर्ने प्रतिक्रिया दिएको बताएका छन । उनले माओवादी केन्द्रले २०७४ सालमा विजयी भएका दुई वटा स्थानीय तह भजनी नगरपालिका र कैलारी गाउँपालिकामा नछोडने बताएका छन । बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीले पाँच वटा स्थानीय तहमा आफ्नो दाबी गरेको छ । एसले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको हो ।

यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा कुनै दाबी गरेका छैनन । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको नगर प्रमुख तथा उपप्रमुखमा दाबी नगरेपनि गठबन्धनमा आफ्नो सहभागिता जनाउन केही स्थानीय तहको वडामा उम्मेदवार बनाउन माग गरेको बताईएको छ ।

बैठकमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष दीर्घ सोडारी,कैलाली जिल्ला अध्यक्ष भैरव रावल, माओवादी केन्द्रका प्रदेश अध्यक्ष ‘अखण्ड’, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, काँग्रेसका तर्फबाट उपसभापति भीम बडुवाल, सचिव मिश्र, जनमोर्चाबाट जगतराज जोशी र जसपाबाट होरीलाल चौधरीको सहभागीता रहेको थियो ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु