"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जातिय छुवाछूत गर्ने ५ जनालाई जनही पाँच महिना कैद, पाँच हजार जरिवाना र ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला

Khabar Raftar

चैत्र २३ सप्तरी । जातिय छुवाछूत मुद्दामा पाँच जनालाई कैद र जरिवानाको सजायको फैसला सनाईएको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले विहिबार सप्तरी जिल्लाको े बोदे बर्साइन नगरपालिका वडा नम्बर –८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जिल्ला अदालत सप्तरीका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र पाँच हजार जरिवाना तथा पीडितलाई ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने उनकी श्रीमती दुखनीलाई शरिरमा चोटपटक लागेको थियो । घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गरिएको थियो ।

विराटनगरमा लिलाधरको कुमको शल्यक्रिया गरिएको थियो । पीडितको राजविराजस्थित अस्पतालमा २०७४ असार १५ गते घाउ परीक्षण गरिएको थियो । पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात दलित मन्दिर भित्र पस्न खोज्ने’ भनेर आरोपितले कुटपिट गर्दै पूजाको समान समेत फालिदिएको पीडितले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले आरोपितविरूद्ध ०७४ असार १४ गते जातिय छुवाछूत र कुटपिट अङ्गभङ्गमा उजुरी दर्ता गरेको थियो । आरोपित पक्राउ नपरेपछि जिल्ला अदालतले आरोपित विरूद्ध ०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गरेको थियो । पछिल्लो पटक जिल्ला अदालतले ०७६ असार २५ गते शारीरिक परीक्षणको आदेश गरेको थियो ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ