"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीका साढे दुई लाख बाल – बालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने 

Khabar Raftar

चैत्र २२ धभनगढी । कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । अभियान सञ्चालन गरेर विद्यालयहरुमा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीले केही पालिकाले आज बुधबार देखि खोप अभियान सञ्चालन गर्न लागेको जानकारी गराउदै केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेको जनएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बाल बालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि खोप दिन लागिएको बताउदै १५ महिना देखि १५ वर्षमुनिका बाल बालिकालाई खोप लगाईने जानकारी गराउनु भयो ।‘प्रत्येक विद्यालयमा खोप अभियान सञ्चालन हुने जानकारी गराउदै उनले कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइड विरुद्धको खोप लगाउन पाइने उमेर समूहका बाल बालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जानकारी गराउनु भयो ।
टाइफाइडको सङ्क्रमण १५ वर्षमुनिका बाल बालिकालाई सबैभन्दा बढी हुने भएकाले सरकारको नीति अनुसार टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी गराए । खोप लगाइ सकेपछि कतिपय बाल बालिकालाई खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने, हल्का ज्वरो आउने, बिविरा आउने जस्ता असर देखिन सक्ने बताउदै उनले असर देखिएमा नआत्तिन र गम्भीर असर देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नु भयो ।
नेपाल सरकारले वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्नु पर्ने समय सीमा तोके पनि विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर एक हप्तासम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने प्रमुख धामीले बताउनु भयो । अभियान सफल पार्नका लागि कैलालीमा दुई हजार जनशक्ति खटाइने जमनकारी गराउदै उनले हरेक विद्यालयमा एक स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयम् सेविका र एक जना विद्यालयका शिक्षिका अभियानमा खटीने जानकारीगराउनु भयो । कार्यालय प्रमुख धामीले बाल बालिकालाई एक पटक मात्रै टाइफाइड विरुद्धको खोप दिए पुग्ने समेत जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ