"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका मौरीपालक किसानलाई अनुदान

No data was found

Khabar Raftar

२१ चैत, भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् ।

छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन् ।मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पु¥याउन पनि उहाँलाई कुनै समस्या छैन ।

“मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु,” उनले भने, “मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।”

उनी मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छन् । उनको सबै परिवार नै कृषिमा केन्द्रित छ । “कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन, किसान बलबहादुरले भने, “स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । होउन भने मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।”

उनी मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् ।

त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ । कतिपय किसानले व्यावसायिकरुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका छन् ।

जानकी –७ का टेकबहादुर चौधरी पेसाले शिक्षक हुन् । उनले १७ वर्ष शिक्षण गरे । शिक्षण पेसाबाट सन्तुष्ट हुन नसकेका उनले अहिले शिक्षण पेसा छोडेर व्यावसायिक मौरीपालन थालेका छन् । शिक्षण पेसाभन्दा कृषि पेसामा बढी सम्भावना देखेपछि टेकबहादुरले शिक्षण पेसा छोडेर कृषि पेसामा लागेको बताए । “मैले कृषिमा सम्भावना देखेकै कारण पनि शिक्षण पेसा छोडेर कृषिमा लागेको हु । मिहेनत बढी छ भने आम्दानी पनि बढी छ,” उनले भने, “अहिले म मौरीपालन व्यवसायमा लागेको छु भने अन्य परिवारका सदस्यहरु कृषिमा लागेका छन् ।”

उनले कृषि क्षेत्रमा निकै सम्भावना भएको भए पनि सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानलाई भन्दा पनि आफ्नो नजिककालाई सहयोग हुँदै आएको र कृषि पेसामा नलागेकाले सहयोग पाउँदै आएको गुनासो गरे । पछिल्लो समयमा अन्य कृषि पेसासँगै किसानले मौरीपालनलाई समेत महत्वका साथ लिएका छन् ।

अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत