चैत्र २० धनगढी । कुनै समय तराईका जिल्लहरुमा धान कुटन प्रयोग गरिदै आएको टिक्के ओखल हराउदै गएको छ । आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आए पछि तराईका जिल्लाहरुमा प्रयोग हुदै आएको ढिक्की ओखल हराउदै गएको हो ।
थारू समुदायले ढिक्की र पहाडी समुदायले ओखलमा धान कुट्ने कार्य गर्दै आएकोमा आजकाल ढिक्की ओखल र ओखल हराउदै गएका हुन । घरघरमै हुाने गरेका ढिकी ओखल र ओखल आजकाल आक्कल झुक्कल मात्र देख्न पाईन्छ ।
पहिले पानीबाट चल्ने केही मील मात्र भए पनि आजकाल विद्युतबाट चल्ने मीलहरु जताततै स्थापना भएकाले र कुटानी–पिसानी गर्न सहज हुने भएकाले ढिक्की ओखल र ओखल हराउदै जान थालेको छ ।
ढिक्की र ओखलमा धान कुट्दा निकै समय लाग्न्ुका साथै कडा मेहनेत गर्नु पर्ने भएका कारण मानीसहरुले सजिलो खोज्ने भएकाले ढिक्की ओखल र ओखल हराउदै गएको धनगढीका विरेन्दै सिहले बताए ।
उनले ढिक्की ओखल र ओखलमा धान कुट्दा महिलाहरुलाई निकै श्रम खर्चिनु पर्ने र ठूलो परिवारका महिलाले निकै दुख पाउनु पर्ने अबश्था रहेको बताए । धान कुट्ने कार्य महिलाले मात्रै गर्ने भएकाले पनि त्यतीबेला महिलाहरुले दुख पाउने गरेको उनले बताए ।
मिल सञ्चालन भए पछि महिलाहरुले त्यस्तो दुखबाट मुक्ती पाएको उनले बताए । मिलमा ल्याउन लैजान मात्रै समय लाग्ने गरेको बताउदै उनले ढिक्की ओखल र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेका कारण महिलाहरुले सुख पाएको उनले बताए ।
बिहानीको झिसमिसेमै उठेर महिलाले ढिक्कीमा धान कुटने गर्दथे, धनगढीकी फुलमती चौधरीले भनिन । ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए । ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिक्कीमा धान कुटनु पर्दथ्यो उनले भनिन ।
एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनु पर्दथ्यो चौधरीले भनिन । दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आज भोलि सपनाझैँ लाग्ने गरेको धनगढीकै सुन्दरी चौधरीले बताईन ।
ढिकीमा दुईदेखि चार जना सम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । दशैँ र मागी लगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिक्कीमै पिठो बनाउनु पर्दथ्यो उनजले भनिन ।
त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिक्कीमा धानबाट चामल र पिठो बनाउनु पर्दथ्यो चौधरीले भनिन ।
ढिक्कीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनले बताईन । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलन समेत रहेको उनले बताइन । ढिक्की कुट्नकै लागि सासु बुहारी विच गीतमै सवाल–जफाव समेत हुने गरेको बताउदै उनले आधुनिक मिलहरु गाउँ–गाउँमा आए पछि निकै सहजता भएको उबताइन ।
्विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा दई तिन दिन सम्म पनि कुटानी पीसानी नहुने बताउदै उनले त्यती बेला आफ्नै घरमा ढिक्की हुने भएकाले जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिने भएकाले मेहनेत लाग्ने भए पनि अभाव भने नभएको बताउदै मिलमा लाग्ने खर्च समेत बच्ने गरेकाले जीवनशैली सहज हुने गरेको बताईन । बलियो काठ सान्नान लगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उनको भनाइ छ ।
पहाडी समुदायले पनि तराईमा ढिक्की र पहाडमा ओखल धान कुट्ने का लागि प्रयोगमा ल्याउने गरेका थिए । पहाडमा रहेका महिलाहरुले पनि विहानै ४ बजेर ओखलमा मुसलले धान कुट्ने गर्दै आएका थिए । अझै विबाह बरातमा त रातभरी ओखलमा धान कुट्ने चलन थियो ।
आज त्यो परम्परा हराउदै गएको छ । सिमीत मात्रामा ओखल भए पनि प्रयोगमा त्यती नआएको अछामको साँफे बगरकी विन्द्रा विकले बताईन । उनले आधुनिक मीलका कारण सबै सुविधाभोगी भएको बताईन ।
उनले ओखलमा धान कुट्दा शारिरिक रुपले तन्दुरुस्ती हुने गरेको बताउदै आजकाल अल्सी बन्दै गएको बताईन । बलियो खैरको मुसलले पत्थरको ओखलमा धान कुट्ने गरेको सम्झदै उनले आजकाल ठाउँठाउँमा मील भएका कारण मुसल ओखल हराउदै गएको बताईन । मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो ।
महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे । एउटै ओखलमा दुई जनाले एकैसाथ धान कुटन सकिन्थ्यो उनले भनिन । ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरा समेत
बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो विकले भनिन । ढिकी ओखल र मुसल ओखल पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नु पर्ने आवश्यउकता खड्कियको छ ।
ढिकी ओखल र मुसल ओखल जस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिन सके सना उद्योगका रुपमा विकास गर्न सके राम्रो हुने र संरक्षण गर्न सकिने पुराना बुढापाकाहरुले बताएका छन । नयाँ पुस्ताले यस्ता वस्तु तथा पुरातात्विक साधनहरुका बारेमा जानकारी गराउन आवश्यक छ ।