"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिममा धान कुट्ने ढिक्की ओखल र मुसल ओखल हराउँदै

No data was found

Khabar Raftar

चैत्र २० धनगढी । कुनै समय तराईका जिल्लहरुमा धान कुटन प्रयोग गरिदै आएको टिक्के ओखल हराउदै गएको छ । आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आए पछि तराईका जिल्लाहरुमा प्रयोग हुदै आएको ढिक्की ओखल हराउदै गएको हो ।
थारू समुदायले ढिक्की र पहाडी समुदायले ओखलमा धान कुट्ने कार्य गर्दै आएकोमा आजकाल ढिक्की ओखल र ओखल हराउदै गएका हुन । घरघरमै हुाने गरेका ढिकी ओखल र ओखल आजकाल आक्कल झुक्कल मात्र देख्न पाईन्छ ।
पहिले पानीबाट चल्ने केही मील मात्र भए पनि आजकाल विद्युतबाट चल्ने मीलहरु जताततै स्थापना भएकाले र कुटानी–पिसानी गर्न सहज हुने भएकाले ढिक्की ओखल र ओखल हराउदै जान थालेको छ ।
ढिक्की र ओखलमा धान कुट्दा निकै समय लाग्न्ुका साथै कडा मेहनेत गर्नु पर्ने भएका कारण मानीसहरुले सजिलो खोज्ने भएकाले ढिक्की ओखल र ओखल हराउदै गएको धनगढीका विरेन्दै सिहले बताए ।
उनले ढिक्की ओखल र ओखलमा धान कुट्दा महिलाहरुलाई निकै श्रम खर्चिनु पर्ने र ठूलो परिवारका महिलाले निकै दुख पाउनु पर्ने अबश्था रहेको बताए । धान कुट्ने कार्य महिलाले मात्रै गर्ने भएकाले पनि त्यतीबेला महिलाहरुले दुख पाउने गरेको उनले बताए ।

मिल सञ्चालन भए पछि महिलाहरुले त्यस्तो दुखबाट मुक्ती पाएको उनले बताए । मिलमा ल्याउन लैजान मात्रै समय लाग्ने गरेको बताउदै उनले ढिक्की ओखल र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेका कारण महिलाहरुले सुख पाएको उनले बताए ।

बिहानीको झिसमिसेमै उठेर महिलाले ढिक्कीमा धान कुटने गर्दथे, धनगढीकी फुलमती चौधरीले भनिन । ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए । ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिक्कीमा धान कुटनु पर्दथ्यो उनले भनिन ।

एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनु पर्दथ्यो चौधरीले भनिन । दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आज भोलि सपनाझैँ लाग्ने गरेको धनगढीकै सुन्दरी चौधरीले बताईन ।
ढिकीमा दुईदेखि चार जना सम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । दशैँ र मागी लगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिक्कीमै पिठो बनाउनु पर्दथ्यो उनजले भनिन ।

त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिक्कीमा धानबाट चामल र पिठो बनाउनु पर्दथ्यो चौधरीले भनिन ।
ढिक्कीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनले बताईन । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलन समेत रहेको उनले बताइन । ढिक्की कुट्नकै लागि सासु बुहारी विच गीतमै सवाल–जफाव समेत हुने गरेको बताउदै उनले आधुनिक मिलहरु गाउँ–गाउँमा आए पछि निकै सहजता भएको उबताइन ।

्विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा दई तिन दिन सम्म पनि कुटानी पीसानी नहुने बताउदै उनले त्यती बेला आफ्नै घरमा ढिक्की हुने भएकाले जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिने भएकाले मेहनेत लाग्ने भए पनि अभाव भने नभएको बताउदै मिलमा लाग्ने खर्च समेत बच्ने गरेकाले जीवनशैली सहज हुने गरेको बताईन । बलियो काठ सान्नान लगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उनको भनाइ छ ।
पहाडी समुदायले पनि तराईमा ढिक्की र पहाडमा ओखल धान कुट्ने का लागि प्रयोगमा ल्याउने गरेका थिए । पहाडमा रहेका महिलाहरुले पनि विहानै ४ बजेर ओखलमा मुसलले धान कुट्ने गर्दै आएका थिए । अझै विबाह बरातमा त रातभरी ओखलमा धान कुट्ने चलन थियो ।

आज त्यो परम्परा हराउदै गएको छ । सिमीत मात्रामा ओखल भए पनि प्रयोगमा त्यती नआएको अछामको साँफे बगरकी विन्द्रा विकले बताईन । उनले आधुनिक मीलका कारण सबै सुविधाभोगी भएको बताईन ।

उनले ओखलमा धान कुट्दा शारिरिक रुपले तन्दुरुस्ती हुने गरेको बताउदै आजकाल अल्सी बन्दै गएको बताईन । बलियो खैरको मुसलले पत्थरको ओखलमा धान कुट्ने गरेको सम्झदै उनले आजकाल ठाउँठाउँमा मील भएका कारण मुसल ओखल हराउदै गएको बताईन । मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो ।

महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे । एउटै ओखलमा दुई जनाले एकैसाथ धान कुटन सकिन्थ्यो उनले भनिन । ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरा समेत
बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो विकले भनिन । ढिकी ओखल र मुसल ओखल पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नु पर्ने आवश्यउकता खड्कियको छ ।

ढिकी ओखल र मुसल ओखल जस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिन सके सना उद्योगका रुपमा विकास गर्न सके राम्रो हुने र संरक्षण गर्न सकिने पुराना बुढापाकाहरुले बताएका छन । नयाँ पुस्ताले यस्ता वस्तु तथा पुरातात्विक साधनहरुका बारेमा जानकारी गराउन आवश्यक छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन