"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको साईपाल गाउँपालीकाका जनतालाई अध्यक्ष धामीको भरोसा भन्दा त्रास बढी

No data was found

Khabar Raftar

शितल स्नेही , चैत्र १८ बझाङ । बझाङ जिल्लाको सबै भन्दा विकट गाउँपालिका साइपाल गाउँपालिका हो । सदरमुकाम चैनपुरवाट ४ दिनको पैदल यात्रा पछि मात्र साइपाल गाउँपालिकाको केन्द्र काँडा पुग्न सकिन्छ । गाँस, बास, कपास, शिक्षा र  स्वास्थ्यमा पछाडि परेको यस गाउँपालिकाका नागरिकको दैनिकी निकै कष्टकर    छ ।
हरेक हिउँदमा साइपाल गाउँपालिकाले खाद्यन्नको संकट व्यहोर्छ । स्थानीयबासीलाई आवश्यक आधारभूत आवश्यकताको ग्यारेन्टी लिएको गाउँपालिका प्रति स्थानीयमा आशा भन्दा निराशा बढी छ । स्थानीय तहको निर्वाचन २०७४ ताका सम्बृद्ध पालिका बनाउने उद्घोष गरेका गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामी प्रति जनता असन्तुष्ट छन् ।

संवैधानिक व्यवस्था अनुसार सिंहदरबार गाउँगाउमाँ पु¥याउने र जन्तालाई अधिकार सम्पन्न बनाउने उदेश्यका साथ गाउँपालिका गठन भए पनि साइपाल गाउँपालीका वासी भने सामान्य सिफारिस देखि योजना सम्झौता र भुक्तानीका काम गर्नका लागि पनि चैनपुर आउनु पर्ने बाध्यता रहेको छ ।‘गाउँमा नत जनप्रतिनिधि बस्छन् न त कर्मचारी । पालिकाबाट पाउने सेवा–सुविधा लिनका लागि हामीले चार दिनको पैदल यात्रा तय गरेर चैनपुर जानुपर्ने हुन्छ,’ स्थानीय टेकबहादुर बोहराले गुनासो पोखे । ‘ल्याउन त सरकारले गाउँगाउँमा सिंहदरबारको अवधारणा ल्याएको छ ।
तर, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सबै सदरमुकाम केन्द्रित छन् । उनीहरूलाई जनताको चिन्ता छैन उनले भने ।’गाउँपालिका अध्यक्ष धामी, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी, उपाध्यक्ष कल्पना बोहरा पालिकामा विशेष कामबाहेक अरू समय नआउने गरेको स्थानीयको आरोप रहेको छ । ‘प्रमुख प्रशासकीय अधिकृत पालिकामा कहिल्यै आउँदैनन् । आए पनि एक दुई दिन बस्छन् । फेरि चैनपुर जान्छन्,’ स्थानीय बसन्त बोहराले भने ‘जनप्रतिनिधिलाई मनपरि नै छ ।
नागरिकका आधारभूत आवश्यकताका लागि कोही पनि जिम्मेवार छैनन् । हामीले योजनाका सम्झौता गर्न, पालिकाको सिफारिस लिनका लागि चैनपुर नै पुग्नु पर्छ उनले भने ।’ जनप्रतिनिधि भए पनि गाउँपालिका अध्यक्ष धामी जनताका भन्दा पार्टीका काममा बढी व्यस्त हुने गरेको साइपालवासीको गुनासो रहेको छ । स्थानीय वसन्त बोहराका अनुसार साइपाल गाउँपालिकाको कार्यालयमा नियमित एक महिनासम्म बसेर काम गरेको एक जना कर्मचारी पनि छैन । बैठक बस्नका लागि र कुनै राजनीतिक कार्यक्रमको लागि बाहेक अन्य काम गर्नका लागि जनप्रतिनिधि पालिकामा पुग्दैनन् ।
उनले जनप्रतिनिधि जनताको सेवाका लागि उत्तरदायी नभएको बताए । सबै आफ्नौ दुनो सोझ्याउँछन् । गाउँपालिकामा दुई महिनाको एक पटक मात्र बैठक बस्ने गरेको उनले बताए । गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सह–सचिव समेत हुन् ।

उसो त, आफूले चुनावताका समयमा घोषणा गरेका कतिपय आश्वासनलाई समेत धामीले पूर्णता दिन सकेका छैनन् ।
साइपाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने, विद्युत्, इन्टरनेट, स्वास्थ्य र शिक्षाका योजना अगाडि बढाउने, वित्तीय अवस्थालाई सुधार गर्ने उनले चुनावको बेला स्थानीयलाई सपना देखाएका थिए । तर, अहिले उनैले बाँडेका अधिकांश सपना सपनामा नै सीमित रहेका
छन् । स्थानीयको आधारभूत आवश्यकता नै पूरा हुन नसकेको साइपाल गाउँपालिका वडा नंम्बर. ४ धुलीका स्थानीय नवीन बोहराले बताए । अध्यक्षले पालिकाको परिवर्तन भन्दा व्यक्तिगत परिवर्तनमा बढी जोड दिएको उनको आरोप छ । त्यसैगरी स्थानीय तहहरूले जनप्रतिनिधि पाएको ५ वर्ष पुग्न केही महिना मात्र बाँकी छ । तर, जनताका समस्या भने ज्युँकात्यूँ छन् ।

स्थानीय तहको पाँचवर्षे कार्यकालमा साइपाल गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन सकेको छैन् । अहिले गाउँपालिकाले भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गरिरहेको छ । मासिक २० हजार भाडा तिरेर गाउँपालिकाको कार्यालय सञ्चालन भइरहेको छ । दुई वर्षअघि पालिकाको भवन निर्माणका लागि २० लाखमा टेन्डर आह्वान भएको र उक्त रकमले भवनको जग पनि नखनेको स्थानीय वसन्त बोहराले बताए ।

२० लाखले भवन निर्माण हुने क्षेत्रमा जमिनलाई समथर मात्रै बनाएको उनले बताए । त्यसयता पालिकाको भवन निर्माणका लागि कुनै पहल भएको छैन । त्यसैगरी साइपाल गाउँपालिकामा अझैसम्म पनि एउटा गुणस्तरीय स्वास्थ्य संस्था सञ्चालनमा रहेको छैन ।

अध्यक्ष धामीले साइपाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने आश्वासन दिएको भए पनि सडक पुग्ने कुनै छाँटकाँट नै छैन । साइपाल गाउँपालिकाको सिमाना सम्म मात्रै सडक पु¥याउनका लागि ५० किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ ।
गाउँपालिकामा नै बैंकिङ सेवा विस्तार गर्ने आश्वासन दिएका गाउँपालिका अध्यक्ष धामीले त्यो उद्घोष पनि पूरा गर्न सकेका छैनन । साइपाल गाउँपालिका जिल्लाको सबैभन्दा दुर्गम पालिका भएका कारण बैंकिङ कारोबार गर्न सदरमुकाम चैनपुर नै पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहमा नै बैंकिङ सेवा नहुँदा सबै भन्दा बढी सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकहरुलाई बढी समस्या हुने गरेको छ ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु