चैत्र १७ कञ्चनपुर ः डाँका चोरी मुद्दाका फरार अभियुक्त कृष्णपुर नगरपालिका वडा नम्बर–४ का ३० वर्षीय किरणबहादुर सिंहलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गुलरीयाबाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथको कमाण्डमा खटिएको टोलीले सिंहलाई घरमा लुकीछिपी बसेको अवस्थामा विहिबार पक्राउ गरेको हो । दार्चुला जिल्ला अदालतको विसं २०७४ साल माघ १४ गतेको फैसलाले सिंहलाई डाँका चोरी मुद्दामा कसुरदार ठहर गर्दै ६ वर्ष कैद र ६३ हजार रूपैयाँ जरिवाना गरेको थियो ।
अदालतको फैसलापछि फरार रहँदै आएका सिहलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी गराउनु भयो ।
त्यसैगरी महेन्द्रनगर बजारमा विहीबार अलपत्र अवस्थामा फेला परेका बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर –१ का ५ वर्षीय निकेश रोकाया र अछामको मेल्लेख गाउँपालिका वडा नम्बर–३ का ९ बर्षका प्रशान्त बुढालाई भीमदत्त नगरपालिका वडा नम्बर–४ बसपार्कमा अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले दुवै जना बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आफन्तको खोजी गरी सकुशल जिम्मा लगाएको जिल्ला प्रहरीप् कार्यालय कञ्चनपुरले जनाएको छ ।