चैत १३, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागी वडाध्यक्षमा लक्ष्मण निउरेलाई अगाडि सारेको हो।
No data was found
शनिवार बसेको जिल्ला समन्वय समिति र नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीको पूर्ण बैठकले सर्वसम्मत रूपमा लक्ष्मण निउरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। निउरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा कमिटी अध्यक्ष पनि हुन्। वडा सदस्यहरू भने गठबन्धनको टुङ्गो लागेपछि टुङ्ग्याउने माओवादी केन्द्रले जनाएको छ।
Post Views: 434

