"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने

No data was found

Khabar Raftar

चैत्र १२ धनगढी
‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरुलाई देश तथा विदेशका सम्भावित वजारहरुमा प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउदै रोजगारी सृजना, आयआर्जनमा वृद्धि गर्दै पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल पर्यटन वोर्ड, धनगढी उपमहानगरपालिका र नाटा सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘फारेवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुन लागेको संयोजक माया प्रकाश भट्टले बताए ।
चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना हुने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ मा सार्क राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट अधिकृत, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा टूर प्याकेज विक्रि गर्ने पर्यटन व्यवसायीहरुलाई सहभागिताका लागि निमन्त्रण गरिएको संयोजक माया प्रकाश भट्टले बताए ।
‘मार्टमा करिव तीन सय स्वदेशी तथा विदेशीको सहभागिता रहन्छ’ संयोजक माया प्रकाश भट्टले भने, ‘होटेल एवम् पर्यटन व्यवसायी, टूर अपरेटर तथा गाईडहरुलाई विजनेश टू विजनेश कार्यक्रमसहित प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गराउने कार्यक्रम तय भएको छ ।’
कार्यक्रमको पहिलो दिन धनगढीमा प्रभातफेरीसहित वि टू वि सम्मेलन हुनेछ भने दोश्रो तीन टोली बनाई प्रदेशका पर्यटकीय गन्तव्य भ्रमण कार्यक्रम रहेको संयोजक भट्टले बताए । ‘एक टोली धनगढी उपमहानगरभित्रका पर्यटकीयस्थलको अवलोकन गर्नेछन् भने दोश्रो कर्णालीमा र्याफ्टिङ गर्नेछन् भने तेश्रो टोली पहाडको बुडरसम्म पुग्नेछन्’ संयोजक भट्टले भने, ‘तेश्रो दिन गोदावरीमा वृहत कार्यक्रमसहित समापन गरिनेछ ।’
कार्यक्रमलाई सभ्य, भव्य र उपलब्धि मुलक बनाउन बिभिन्न समिति गठन गरिएको छ । अनुगमन, मूल्यांकन र प्रतिवेदन समितिको संयोजक डाक्टर हेमराज पन्त, सचिवालय व्यवस्थापन संयोजक कलम बम, समारोह स्थल व्यवस्थापन संयोजक पदमबिक्रम सिंह, अतिथी सत्कार संयोजक जगदीशचन्द भट्ट, अतिथी आमन्त्रण संयोजकमा परमानन्द भण्डारी, सास्कृतिक समितिको संयोजक पुष्करराज भट्ट, प्रचारप्रसार संयोजक भिम चौधरी र अर्थ व्यवस्थापन संयोजक धनञ्जय जोशीलाई तोकिएको छ । कार्यक्रमका लागि ५५ लाख बढी रकम आवश्यक पर्ने बताइएको   छ ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण