"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली अस्पतालको अध्यक्ष नियुक्तिको विषयलाई लिएर नेकपा समाजवादीमा असन्तुष्टि

No data was found

Khabar Raftar

चैत्र १० कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्तिको विषयमा नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि देखिएको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्षका आकाँक्षी सिनियर नेतालाई वेवास्ता गरी कृषणा नन्द भट्टलाई अध्यक्ष बनाए पछि पार्टीभित्र असन्तुष्टि देखिएको हो ।

नेकपा समाजवादीका कञ्चनपुर इन्चार्ज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णानन्द भट्टलाई अध्यक्ष बनाए पछि नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि देखिएको हो । उक्त विषयलाई लिएर समाजवादीका असन्तुष्ट नेताहरु आन्तरिक रुपमा पार्टी छाड्ने मनस्थितिमा पुगेको बताईएको छ ।

उनीहरुले मन्त्री खड्काले एकलौटी रुपमा पार्टीको निर्णय विना अध्यक्ष नियुक्त गरेको आरोप लगाएका छन् । नेकपा समाजवादीका एक जना जिल्ला पदाधिकारीले पार्टी निर्णय भन्दा पनि एमाले डिजाइनमा अध्यक्ष नियुक्त गरिएको बताउदै ‘पार्टीको निर्णय विना एकलौटी रुपमा अध्यक्ष सहित नियुक्त गरिएकोमा आपत्ती जनाए ।
उनले मन्त्री खड्काले अस्पतालमा नियुक्ति गर्नु पूर्ब पार्टीसित कुनै सल्लाह नगरेको बताए । ‘सल्लाह गरेको भए सिनियर नेता आउँथे, सिनियरले पनि इच्छा राखेकै थिए’एक्लौटी भएपछि कसको के लाग्छ उनले भने ।’
नेकपा समाजवादीका कञ्चनपुर उपाध्यक्ष रबिन्द्र कुँबरले केही दिन अघि फेसबुकमा मन्त्री खड्काले सुर्योदय सहकारीको निर्माणाधीन भवन अनुमगनको तस्बिर राख्दै मन्त्री खड्कासित असन्तुष्टि पोखेका थिए । महाकाली अस्पतालको अध्यक्ष नियुक्तिपछि आएको त्यस तस्बिरले समाजवादीभित्र बढेको असन्तुष्टिलाई पुष्टि गरि दिएको छ ।
अस्पतालको अध्यक्षमा सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएस्सी सकेर कोलोम्बो प्लानमा विदेश पढेका लोक बिक्रम थापा, कृष्णदत्त भट्ट लगायतका आकाँक्षी रहेको र मन्त्री खड्काले नेता थापालाई अध्यक्ष बनाउन पार्टीभित्र अन्तिसम्म लबिङ्ग गरिएको भए पनि अन्तमा एकलौटी रुपमा भट्टलाई अध्यक्ष बनाए पछि असन्तुष्टि देखिएको उनले बताए ।

मन्त्री खड्का तत्कालिन सुडा गाउँ कमिटीको नेता हुँदा थापा एमाले कञ्चनपुरको उप सचिव भएको उनले जानकारी गराए । एमाले राजनीतिमा सक्रिय भएर पाटी छाडेका नेतालाई वेवास्ता गरिएपछि अहिले समाजवादीभित्र मन्त्री खड्काको आलोचना बढेको बताईएको छ ।

स्रोतका अनुसार केही दिनभित्र २५ देखि ३० जना नेताले समाजवादी छाड्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ । नेताहरुका अनुसार मन्त्री खड्काले निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाई अध्यक्ष बनाउने चाहना राखे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । बोक्सरले आफू चुनाव लड्ने कारण देखाउँदै अध्यक्ष बन्न नचाहे पछि मन्त्री खडकाले अूपतालको कार्यकाल सकिएको ८ महिनापछि भट्टलाई अध्यक्ष बनाएका हुन् । लामो समय अध्यक्ष बनाउन नकसेपछि मन्त्री खड्काले आलोचना खेप्दै आएका थीए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण