चैत ०९, धनगढी । सुक्खा पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ। सडक सञ्चालनमा आएपछि जाममा परेको सवारीहरुलाई पास गराइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। पहिरो पन्छाउन दुई ओटा डोजर लगाइएको थियो।
No data was found
बुधबार दिउँसो डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको थियो। राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका थिए।
Post Views: 489

