चैत्र ०८ धनगढी । दिनभर अवरुद्ध रहेको कैलालीको पूर्वपश्चिम राजमार्ग खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहामा सोमबार ट्रकको ठक्करबाट २६ वर्षीय टेकबहादुर रावलको मृत्यु भए पछि आफन्तले मंगलबार विहानै देखि अबरुद्ध गरेको पूर्ब पश्चिम राजमार्ग खुलेको हो ।
मृतकका परिवारलाई क्षतिपुर्ति दिने र चालकलाई कार्बाही गर्ने सहमति पछि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायक उपरीक्षक लक्ष्मण शाहीले जानकार गराए ।
राजमार्ग खुलेपछि रोकिएका सवारीसाधन चलेका छन । सुदूरपश्चिम प्रदेश ०१ ००९ प ३९२६ नम्बरको मोटरसाइकललाई लु १ ख ८९३० नम्बरको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका रावलको मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी गराएको छ ।
Post Views: 305