"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

माननीय मन्त्रि बडू र नेपालका लागि नर्बेका राजदूतको शिष्टाचार भेट

No data was found

Khabar Raftar

टीकाराम सुनार, चैत्र ०७ काठडमाण्डौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि नर्बेका राजदूत तोरुन ड्रम्डल (MS. Torun Dramdal) बीच शिष्टाचार भेटवार्ता भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबीच नेपाल र नर्बेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भयो ।
त्यस अवसरमा मन्त्री बडूले नेपालमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र न्यायमा पहुँच अभिवृद्धि, नवीकरणीय ऊर्जा लगायत विभिन्न क्षेत्रमा नर्बेले गरिरहेको सहयोगका लागि धन्यवाद दिनुभयो ।
उहाँले न्यायमा नागरिकको सहज पहुँचका लागि संविधान सभाबाट बनेको नयाँ संविधानले प्रत्येक स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै यसको प्रभावकारिता बृद्धि गर्न सरकारले काम गरिरहेको बताउनु भयो ।
कानुन मन्त्रि बडूले सरल, सहज, छिटो र गुणस्तरीय रुपमा न्याय सम्पादनका लागि सहकार्यका नयाँ क्षेत्र पहिचान गरेर सँगै काम गर्न सकिने भन्नुहुँदै सुशासन, विद्युतीय शासन (E-Governance), शासनका लाभहरुको अधिकतम् वितरण तथा विकेन्द्रीकरणका लागि दुई देशले हासिल गरेका अनुभवहरु एकअर्काका लागि उपयोगी हुने धारणा राख्नुभयो ।
आगामी बैशाख ३० गते सम्पन्न हुने गरी स्थानीय तहको निर्वाचन तय भइसकेको र एक वर्षभित्र प्रदेश तथा संघीय निर्वाचन गर्न सरकार लागिरहेको जानकारी दिनुहुँदै कानुन मन्त्रि बडूले लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्षका रुपमा रहेको आवधिक निर्वाचनमा नेपालका अधिकांश राजनीतिक दलको सहभागिताले लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणमा टेवा पुगेको बताउनु भयो ।
जवाफमा नेपालका लागि नर्बेका राजदूत ड्रम्डलले सबै नागरिकको न्यायमा सहज पहुँच, लोकतन्त्र र सुशासन नेपाल र नर्बेका समान प्राथमिकताका विषय भएकोले यस क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउनु भयो ।
राजदूत ड्रम्डलले विगत देखि नै शिक्षा, स्वच्छ ऊर्जा, जलविद्युत, नेतृत्व विकास, सिमान्तकृत वर्गको न्यायमा पहुँच अभिवृधि गर्ने लगायतका क्षेत्रमा नर्बे सरकारले विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
ड्रम्डलले नेपालमा लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि सरकार र यहाँका राजनीतिक दलहरुले खेलिरहेको भूमिकाको प्रशंसा गर्नुभयो ।
भेटमा परराष्ट्र मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत