"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

तै चुप मै चुपको अबश्था फेरौ

Khabar Raftar

सूचना प्राप्त भएपनि सम्बन्धित निकायले ध्यान नदिए पछि कसको के लाग्छ । हुनत सूचनाको विकास विजुलीको रफ्तारमा हुँदै आएको छ तर यसको कार्यान्वयन कछुवाको गतीमै छ । सूचना समाचारबाट सु–सूचित हुने जनताको अधिकार हो तर कतिपय क्षेत्रमा सूचना नै उपलव्ध हुदैनन् । कुनै पत्रकारले समाजिक विकृती, भ्रष्टाचारी, तस्करी र दलालीका विरुद्घ समाचार लेख्न पाउने उसको अधिकारको कुरो हो । पत्रीकामा आएका समाचार सूचनाको अध्ययन र छानविन गर्ने प्रशासनको कर्तव्य हो । तर कैलालीको जिल्ला प्रशासन कार्यालय यी कुराहरुबाट सधै टाढा रहेको छ । बैदशिक रोजगारीमा जानेहरु ठगिदै आएका छन् । सरकारी कार्यालयका कर्मचारीहरुबाट सर्बसाधारण ठगिदै आएका छन् । तर पनि उनीहरुले उजुरी गर्दा समेत न्याय पाउँदैनन् । पत्रकारले लेख्दा समेत सुनुवाई हुदैन । नाता वाद, कृपा वाद र पार्टीवादले गर्दा दण्डहिनता बढ्दै गएको छ । पार्टीकै संरक्षणमा भ्रष्टाचार मौलाउँदै गएको छ । प्रहरी प्रशासन समेत पार्टीकै ईशारामा चल्ने गरेका कारण सार्वजनिक भएका सूचना र समाचार पनि ओझेलमा पर्दै गएका छन् । नयाँ आउने प्रमुख जिल्ला अधिकारीले जहिल्यै मिडीयामा आएका कुराहरुलाई गम्भिरताका साथ लिने प्रतिबद्घता जनाउछन् । पत्रकारहरुले समेत मिडियामा आएका कुरालाई प्राथमिकता दिन आग्रह गर्ने गर्दछन् । तर त्यो प्रतिबद्घता प्रतिबद्घतामै सिमित रहन्छ । आग्रह सधै आग्रहकै लाइनमा
रहन्छ । पार्टीबादले गर्दा तै चुप मै चुपको अवस्था आएको छ । जसले गर्दा भ्रष्टाचार र दलाली मौलाई रहेको छ र अपराध गर्नेहरुको हिम्मत बढ्दै गइरहेको छ । उजागर भएका त्थ्यलाई आधार मानेर प्रशासनबाट कारवाही थालिने हो अध्ययन अनुसन्धान गरिने हो भने धेरै समस्या समाधान हुन सक्छन । तर यहाँ त्यसो नहुने हुँदा समस्या बल्झी रहेको छ । आजभोली हरेक कुरामा विषादी प्रयोग गर्ने गरेको अबश्था छ । तर सम्बन्धित निकायले ध्यान दिदैन । जसले समस्या बल्झी रहेको छ । समस्या आउन नदिन समस्याको निदान गर्न जरुरी हुन्छ नकी समस्या
बढाउन । आज देश यसै बाटोबाट गुज्री रहेको छ । देश चलाउने नेताहरु, मन्त्रीहरु भ्रष्टाचारी बनेका छन् । राष्ट्र सादाचारी भएर के गर्ने ? राष्ट्र चलाउनेहरु विग्रेका छन भने राष्ट्र विग्रन के बेर होइन र ? त्यसैले राज्यको चौथो अंग पत्रकारीताले औल्याएका विषय सन्दर्भ प्रती प्रशासनको चासो बढ्नु पर्छ, समस्याको समाधान खोजिनु पर्छ, त्यसपछि मात्र शुसान कायम हुन सक्छ । कैलालीका प्रमुख जिल्ला अधिकारीले पनि यस्तो विषयलाई गम्भिर बनेर हेर्न जरुरी छ । तै चुप मै चुप को स्थितिलाई फेर्न जरुरी छ । जहा रवि पुग्दैन त्याहाँ कवी पुग्दछ भन्ने कुराको हेक्का राख्नु पर्दछ । अन्यथा हामी सबै कुहिरोका काग जस्तो हुने छौ । आँखा भएर पनि नदेख्ने, कान भएर पनि नसुन्ने र संसार नै बुझ्न नसक्ने होइन र ?

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना