"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तै चुप मै चुपको अबश्था फेरौ

No data was found

Khabar Raftar

सूचना प्राप्त भएपनि सम्बन्धित निकायले ध्यान नदिए पछि कसको के लाग्छ । हुनत सूचनाको विकास विजुलीको रफ्तारमा हुँदै आएको छ तर यसको कार्यान्वयन कछुवाको गतीमै छ । सूचना समाचारबाट सु–सूचित हुने जनताको अधिकार हो तर कतिपय क्षेत्रमा सूचना नै उपलव्ध हुदैनन् । कुनै पत्रकारले समाजिक विकृती, भ्रष्टाचारी, तस्करी र दलालीका विरुद्घ समाचार लेख्न पाउने उसको अधिकारको कुरो हो । पत्रीकामा आएका समाचार सूचनाको अध्ययन र छानविन गर्ने प्रशासनको कर्तव्य हो । तर कैलालीको जिल्ला प्रशासन कार्यालय यी कुराहरुबाट सधै टाढा रहेको छ । बैदशिक रोजगारीमा जानेहरु ठगिदै आएका छन् । सरकारी कार्यालयका कर्मचारीहरुबाट सर्बसाधारण ठगिदै आएका छन् । तर पनि उनीहरुले उजुरी गर्दा समेत न्याय पाउँदैनन् । पत्रकारले लेख्दा समेत सुनुवाई हुदैन । नाता वाद, कृपा वाद र पार्टीवादले गर्दा दण्डहिनता बढ्दै गएको छ । पार्टीकै संरक्षणमा भ्रष्टाचार मौलाउँदै गएको छ । प्रहरी प्रशासन समेत पार्टीकै ईशारामा चल्ने गरेका कारण सार्वजनिक भएका सूचना र समाचार पनि ओझेलमा पर्दै गएका छन् । नयाँ आउने प्रमुख जिल्ला अधिकारीले जहिल्यै मिडीयामा आएका कुराहरुलाई गम्भिरताका साथ लिने प्रतिबद्घता जनाउछन् । पत्रकारहरुले समेत मिडियामा आएका कुरालाई प्राथमिकता दिन आग्रह गर्ने गर्दछन् । तर त्यो प्रतिबद्घता प्रतिबद्घतामै सिमित रहन्छ । आग्रह सधै आग्रहकै लाइनमा
रहन्छ । पार्टीबादले गर्दा तै चुप मै चुपको अवस्था आएको छ । जसले गर्दा भ्रष्टाचार र दलाली मौलाई रहेको छ र अपराध गर्नेहरुको हिम्मत बढ्दै गइरहेको छ । उजागर भएका त्थ्यलाई आधार मानेर प्रशासनबाट कारवाही थालिने हो अध्ययन अनुसन्धान गरिने हो भने धेरै समस्या समाधान हुन सक्छन । तर यहाँ त्यसो नहुने हुँदा समस्या बल्झी रहेको छ । आजभोली हरेक कुरामा विषादी प्रयोग गर्ने गरेको अबश्था छ । तर सम्बन्धित निकायले ध्यान दिदैन । जसले समस्या बल्झी रहेको छ । समस्या आउन नदिन समस्याको निदान गर्न जरुरी हुन्छ नकी समस्या
बढाउन । आज देश यसै बाटोबाट गुज्री रहेको छ । देश चलाउने नेताहरु, मन्त्रीहरु भ्रष्टाचारी बनेका छन् । राष्ट्र सादाचारी भएर के गर्ने ? राष्ट्र चलाउनेहरु विग्रेका छन भने राष्ट्र विग्रन के बेर होइन र ? त्यसैले राज्यको चौथो अंग पत्रकारीताले औल्याएका विषय सन्दर्भ प्रती प्रशासनको चासो बढ्नु पर्छ, समस्याको समाधान खोजिनु पर्छ, त्यसपछि मात्र शुसान कायम हुन सक्छ । कैलालीका प्रमुख जिल्ला अधिकारीले पनि यस्तो विषयलाई गम्भिर बनेर हेर्न जरुरी छ । तै चुप मै चुप को स्थितिलाई फेर्न जरुरी छ । जहा रवि पुग्दैन त्याहाँ कवी पुग्दछ भन्ने कुराको हेक्का राख्नु पर्दछ । अन्यथा हामी सबै कुहिरोका काग जस्तो हुने छौ । आँखा भएर पनि नदेख्ने, कान भएर पनि नसुन्ने र संसार नै बुझ्न नसक्ने होइन र ?

No data was found

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ