सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । मङ्गलवार एक कार्यक्रमका बिच नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराएको हो ।
सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा विजयी भएका देव बहादुर बम, उपाध्यक्ष चेतराज ओझा लगायतका संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा। लोक बहादुर विष्टले शपथ खुवाएका हुन् ।
त्यस्तै, सदस्यहरू इन्दिरा जैसी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, डा। महेशराज विष्ट, घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए ।
सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त विजयी छन् ।