"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको लालझाडी गाउँपालीकाद्वारा विद्यालयमा गणित पार्क निर्माण

No data was found

Khabar Raftar

चैत्र ०१ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले पालीकााक दुई वटा विद्यालयमा गणित पार्क निर्माण गरेको छ । पालीकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बल्मीमा रहेको पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाईको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गणित पार्क निर्माण गरेको हो । पार्कमा ज्यामितीय अवधारणा अनुसारका वृत, चतुर्भुज, घन, बेलना, गोला लगायत निर्माण गरिनुका साथै गणित विषयका लागि आवश्यक पर्ने सूत्रहरू र चिह्नहरू राखिएका छन् ।
दुवै विद्यालयका पार्कको लम्बाई ९७ फिट र चौडाई २५ फिट रहेको छ भने आकर्षक रंग लगाएर पार्कमा गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्न सक्ने हिसबाले राखिएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले   बताए । विद्यार्थीले किताबी ज्ञान भन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहज रुपमा बुझ्ने भएकाले पार्क निर्माण गरिएको उनले बताए । त्यसैगरी जनावरहरूका तस्वीरसँगै नेपाली अंग्रेजी र वैज्ञानिक नामको जानकारी राखिएको बताउदै गणितलाई जटिल विषयका रुपमा हेर्ने गरिएकाले त्यसलाई हटाउन पार्कले सघाउ पु¥याउने उनले बताए ् । विद्यार्थीहरुले पार्कमा निर्माण गरिएका रेखा, कोण र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्न सक्छन् ।

No data was found

ज्यामितीय गणितको अध्ययनलाई सजिलो बनाउन पार्कमा गणितसँग सम्बन्धित आकृतिहरू निर्माण गरिएको शाखा प्रमुख भट्टले बताए । अंकगणित, बिजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरी एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारण अनुसार पार्कमा तीनवटै गणितका सूत्र र चित्रहरू समेत आकर्षक ढंगले राखिएको उनले बताए । पार्क निर्माणका लागि दुई वटै विद्यालयलाई एक लाख ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराएको बताउदै उनले गाउँपालिकाले विद्यालयमा गणित पार्कजस्तै वनपस्पति पार्के पनि निर्माण गर्दै जाने योजना बनाएको भट्टले बताए। ‘गणित पार्कसँगै वनस्पति पार्क निर्माण गर्ने योजना अघि सारेको जानकारी गराए ।

शाखा प्रमुख भट्टले फूल फुल्ने नफुल्ने, एक दलीय, दुई दलीय लगायत विभिन्न प्रजातिका विरुवाहरू विद्यालय परिसरमै रोपेर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि कार्य अगाडि बढाउने योजना रहेको बताए । गणितलाई अप्ठ्यारो विषयमा रुपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेकाले यसलाई दैनिक क्रियाकलापसँग जोड्न पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष मदनसेन बडायकले बताउनु भयो् । भारत लगायत अन्य देशका विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरे पनि नेपालका लागि नौलो अभ्यास भएको बताउदै शाखा प्रमुख भट्टले। अंकगणित, बिजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरी एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारण अनुसार पार्कमा तीनवटै गणितका सूत्र र चित्रहरू समेत आकर्षक ढंगले राखिएको बताए ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त