"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको लालझाडी गाउँपालीकाद्वारा विद्यालयमा गणित पार्क निर्माण

No data was found

Khabar Raftar

चैत्र ०१ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले पालीकााक दुई वटा विद्यालयमा गणित पार्क निर्माण गरेको छ । पालीकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बल्मीमा रहेको पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाईको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गणित पार्क निर्माण गरेको हो । पार्कमा ज्यामितीय अवधारणा अनुसारका वृत, चतुर्भुज, घन, बेलना, गोला लगायत निर्माण गरिनुका साथै गणित विषयका लागि आवश्यक पर्ने सूत्रहरू र चिह्नहरू राखिएका छन् ।
दुवै विद्यालयका पार्कको लम्बाई ९७ फिट र चौडाई २५ फिट रहेको छ भने आकर्षक रंग लगाएर पार्कमा गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्न सक्ने हिसबाले राखिएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले   बताए । विद्यार्थीले किताबी ज्ञान भन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहज रुपमा बुझ्ने भएकाले पार्क निर्माण गरिएको उनले बताए । त्यसैगरी जनावरहरूका तस्वीरसँगै नेपाली अंग्रेजी र वैज्ञानिक नामको जानकारी राखिएको बताउदै गणितलाई जटिल विषयका रुपमा हेर्ने गरिएकाले त्यसलाई हटाउन पार्कले सघाउ पु¥याउने उनले बताए ् । विद्यार्थीहरुले पार्कमा निर्माण गरिएका रेखा, कोण र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्न सक्छन् ।

ज्यामितीय गणितको अध्ययनलाई सजिलो बनाउन पार्कमा गणितसँग सम्बन्धित आकृतिहरू निर्माण गरिएको शाखा प्रमुख भट्टले बताए । अंकगणित, बिजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरी एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारण अनुसार पार्कमा तीनवटै गणितका सूत्र र चित्रहरू समेत आकर्षक ढंगले राखिएको उनले बताए । पार्क निर्माणका लागि दुई वटै विद्यालयलाई एक लाख ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराएको बताउदै उनले गाउँपालिकाले विद्यालयमा गणित पार्कजस्तै वनपस्पति पार्के पनि निर्माण गर्दै जाने योजना बनाएको भट्टले बताए। ‘गणित पार्कसँगै वनस्पति पार्क निर्माण गर्ने योजना अघि सारेको जानकारी गराए ।

शाखा प्रमुख भट्टले फूल फुल्ने नफुल्ने, एक दलीय, दुई दलीय लगायत विभिन्न प्रजातिका विरुवाहरू विद्यालय परिसरमै रोपेर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि कार्य अगाडि बढाउने योजना रहेको बताए । गणितलाई अप्ठ्यारो विषयमा रुपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेकाले यसलाई दैनिक क्रियाकलापसँग जोड्न पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष मदनसेन बडायकले बताउनु भयो् । भारत लगायत अन्य देशका विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरे पनि नेपालका लागि नौलो अभ्यास भएको बताउदै शाखा प्रमुख भट्टले। अंकगणित, बिजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरी एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारण अनुसार पार्कमा तीनवटै गणितका सूत्र र चित्रहरू समेत आकर्षक ढंगले राखिएको बताए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत