"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नवजीवन सहकारीको अध्यक्षमा एमालेका वम विजयी

Khabar Raftar

चैत्र ०१ धनगढी । कैलालीको धनगढीमा मुख्य कार्यालयरहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा देवबहादुर वम निर्वाचित भएका छन् । सरकारमा रहेको दलहरुको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १ हजार ३ सय ८ मतले पराजीत गर्दै वम निर्वाचित भएका हुन् । वमले ८ हजार ३ सय ९१ मत पाउँएर विजयी भएका हुन भने कठायतले ७ हजार ८३ मत पाएर पराजीत भएका हुन । वम नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि हुन् ।
त्यसैगरी उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार चेतराज ओझा विजयी भएका छन । एमाले प्यानलका उम्मेदवार भरतराज जोशीलाई पराजित गर्दै ओझा विजयी भएका हुन् । ओझा ७ हजार ३ सय २९मत पाएर वीजयी भएका हुन भने जोशीले ६ हजार८ सय ७२ मत पाएर पराजित भएका हुन । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा पनि गठबन्धनका चेतराज जोशी निर्बाचित भएका छन । जोशीसंग एमालेका तर्फबाट उम्मेदवार मदनराज ओझा पराजित भएका हुन् । जोशीले ७ हजार १ सय ६५मत प्राप्त गरेर विजयी भएका छन भने ओझाले ६ हजार ४ सय ४७ मत पाएर पराजीत भएका हुन ।
लेखा सुपरीवेक्षण समिति सदस्यमा दुवै समूहका एक एक जना निर्वाचित भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश प्रसाद उपाध्याय र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लक्ष्मी राज पन्त विजयी भएका हुन् । उपाध्यायले ७ हजार १ सय ४१ मत पाएका थिए भने पन्तले ७ हजार २५ मत पाएर विजयी भएका हुन । लेखा सुपरीवेक्षण समिति सदस्यमा सरस्वती वली र सिता विके पराजित भएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गठबन्धन प्यानलकि उम्मेदवार सिता विकेले ४ हजार छ सय ८६ मत र एमाले प्यानलकि उम्मेदवार सरस्वती वलीले ५ हजार ७ सय ८८ मत पाएर पराजित भएका हुन ।
त्यसैगरी सञ्चालक समितिको सदस्यमा मिश्रित नतिजा आएको छ । एमालेको तर्फबाट इन्दिरा जैसी ८ हजार ३ सय ११, गोपाल पाठक ६ हनजार ८ सय ५७, घनबहादुर शाह ६ हजार ६ सय ११, डाः महेशराज विष्टट हजार ६ सय ३०, विश्वनाथ ओझा ६ हजार १५ र शिव कुमार जोशी ६ हजार ३ सय ३४ मतकासाथ विजयी भएका छन् ।

त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उत्तम जोशी ६ हजार ९ सय २४, उपेन्द्र विष्ट ६ हजार ४ सय ७७, केशवराज मिश्र ६ हजार ७ सय ८०, गणेश बम ६ हजार १२ सय ७२ र जयराज जोशी ६ हजार १ सय २ मतकासाथ विजयी भएका छन् ।
गठबन्धनबाट विजयी हुने धेरैजसो काङ्ग्रेसनिकटका रहेका छन । पराजित हुने माओवादी तथ नेकपा एसनिकटका रहेका छन् । नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना