"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नवजीवन सहकारीको अध्यक्षमा एमालेका वम विजयी

No data was found

Khabar Raftar

चैत्र ०१ धनगढी । कैलालीको धनगढीमा मुख्य कार्यालयरहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा देवबहादुर वम निर्वाचित भएका छन् । सरकारमा रहेको दलहरुको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १ हजार ३ सय ८ मतले पराजीत गर्दै वम निर्वाचित भएका हुन् । वमले ८ हजार ३ सय ९१ मत पाउँएर विजयी भएका हुन भने कठायतले ७ हजार ८३ मत पाएर पराजीत भएका हुन । वम नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि हुन् ।
त्यसैगरी उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार चेतराज ओझा विजयी भएका छन । एमाले प्यानलका उम्मेदवार भरतराज जोशीलाई पराजित गर्दै ओझा विजयी भएका हुन् । ओझा ७ हजार ३ सय २९मत पाएर वीजयी भएका हुन भने जोशीले ६ हजार८ सय ७२ मत पाएर पराजित भएका हुन । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा पनि गठबन्धनका चेतराज जोशी निर्बाचित भएका छन । जोशीसंग एमालेका तर्फबाट उम्मेदवार मदनराज ओझा पराजित भएका हुन् । जोशीले ७ हजार १ सय ६५मत प्राप्त गरेर विजयी भएका छन भने ओझाले ६ हजार ४ सय ४७ मत पाएर पराजीत भएका हुन ।
लेखा सुपरीवेक्षण समिति सदस्यमा दुवै समूहका एक एक जना निर्वाचित भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश प्रसाद उपाध्याय र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लक्ष्मी राज पन्त विजयी भएका हुन् । उपाध्यायले ७ हजार १ सय ४१ मत पाएका थिए भने पन्तले ७ हजार २५ मत पाएर विजयी भएका हुन । लेखा सुपरीवेक्षण समिति सदस्यमा सरस्वती वली र सिता विके पराजित भएका छन ।

गठबन्धन प्यानलकि उम्मेदवार सिता विकेले ४ हजार छ सय ८६ मत र एमाले प्यानलकि उम्मेदवार सरस्वती वलीले ५ हजार ७ सय ८८ मत पाएर पराजित भएका हुन ।
त्यसैगरी सञ्चालक समितिको सदस्यमा मिश्रित नतिजा आएको छ । एमालेको तर्फबाट इन्दिरा जैसी ८ हजार ३ सय ११, गोपाल पाठक ६ हनजार ८ सय ५७, घनबहादुर शाह ६ हजार ६ सय ११, डाः महेशराज विष्टट हजार ६ सय ३०, विश्वनाथ ओझा ६ हजार १५ र शिव कुमार जोशी ६ हजार ३ सय ३४ मतकासाथ विजयी भएका छन् ।

त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उत्तम जोशी ६ हजार ९ सय २४, उपेन्द्र विष्ट ६ हजार ४ सय ७७, केशवराज मिश्र ६ हजार ७ सय ८०, गणेश बम ६ हजार १२ सय ७२ र जयराज जोशी ६ हजार १ सय २ मतकासाथ विजयी भएका छन् ।
गठबन्धनबाट विजयी हुने धेरैजसो काङ्ग्रेसनिकटका रहेका छन । पराजित हुने माओवादी तथ नेकपा एसनिकटका रहेका छन् । नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत