"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपालको भूमि भारतीकोे कब्जामा, सीमा क्षेत्रका स्थानीय बासिन्दाहरुले सास्ती झेल्दै

No data was found

Khabar Raftar

फागुन २७ धनगढी । नेपालको भूमि भारतीकोे कब्जामा रहेका कारण सीमा क्षेत्रका स्थानीय बासिन्दाहरुले सास्ती झेल्दै आएका छन । कञ्चनपुरको पुर्नबास क्षेत्रमा सयौं हेक्टेर जमिन भारतले कब्जा गरे पछि स्थानीय बासीले सास्ती झेल्दै आएका हुन ।

कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने अधिकांश जग्गा अहिले पनि भारतको कब्जामा रहेको छ । नेपाली नागरिकहरुले लालपुर्जा भएको जमीन समेत जोतभोग गर्न पाएका छैनन । कञ्चनपुरको पुनर्वास, बेलौरी हुँदै भीमदत्तको ब्रह्मदेव सम्म भारतले थुप्रै स्थानमा जमीन कब्जा गरीे अतिक्रमण गरेको छ । नेपाली लालपूर्जा भएको १ सय ३० हेक्टर जमिन भारतले कब्जा गरेको छ । त्यसैगरी खोलानाला, नदी तथा प्रति जग्गा पनि भारतले कब्जा गरेको छ । नेपाल–भारत संयुक्त सर्भे टोलीले बनाएको नक्साको आधारमा भारतले नेपाली भूमिलाई पनि आफ्नो दाबी गर्दै आएको छ ।

प्याराताल देखि, सडकघाट लगायतका क्षेत्रमा भारतले आँखा लगाएको छ । यो समस्या समाधानमा सरकारी स्तरबाटै पहल हुन आवश्यक भए पनि सरकारी पक्षले बेवास्ता गर्दै आएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लव भट्टले बताउनु भयो ।

उनले नेपाल सरकार सिमा अतिक्रमणका विषयमा गम्भीर बन्न आवश्यक रहेको बताए । सीमा विवादको समाधान खोज्नतर्फ सरकारले ध्यान दिन पर्ने उनले बताए । सीमा विवादकै कारण पुनर्वास, बेलौरी लगायतका स्थानीयले सास्ती झेल्दै आएका छन ।

त्रासपूर्ण वातावरणमा दैनिकी बिताउन बाध्य भएका छन् । आफ्नो जमप्नमा भारतीय पक्षको कब्जामा भएका कारण खेती लगाउन पाएका छैनन । खेती लगाउन जादा भारतले अवरोध गर्दै आएको छ । भारतका कारण दैनिकी चलाउन पनि मुस्किल भइरहेको सिमा क्षेत्रका स्थानीय हरिश पन्तले बताए । ‘खेती लगाए पछि उठाउन सकिन्न ।

उठाए पछि फेरी लगाउन सकिन्न उनले भने । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सीमा विवादको समाधान संघीय सरकारबाट नै हुने हुँदा यस विषयमा संघीय सरकारले नै काम गर्नुपर्ने बताएका छन । ‘कतिपय गाउँमा खेती गर्न र जग्गाको कारोबार गर्न समस्या छ । हामी विवाद बढाउनतर्फ लाग्दैनौं ।

यसमा सरकारले नै आवश्यक पहल गर्नुपर्छ,’ उनले भन्नु भयो । कञ्चनपुरको पुनर्वास नगरपालिकामा ५ वर्ष अगाडि नेपाली भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर भारतले अनावश्यक रुपमा गरेको विवादमा भारतीय एसएसवीले गोली चलाउदा पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । देशको सीमा रक्षाका लागि गोविन्द सहिद भएको बिहीबार ५ वर्ष भएको छ । घटनाको ५ वर्ष हुँदा पनि अझै सीमा विवाद सुल्झिन सकेको छैन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत