"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अलपत्र तिन जना भाइबहिनीको शान्ति सेवा गृहद्धारा उद्धार

Khabar Raftar

फागुन २६ बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ शेरकाटियाका अलपत्र तिन जना भाइबहिनीको उद्धार गरिएको छ । बुवा बेपत्ता र आमाले अर्को बिहे गरेर गए पछि अलपत्र परेका नावालक तिन जना दलित भाइबहिनीहरुको उद्धार गरिएको हो ।
समाचार प्रकाशित भए पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले उनिहरुको उद्धार गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

तिन जनाको खान बस्ने देखी पठन पाठनको जिम्मा लिने गरि काठमाडौ लगेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताउनु भयो । संस्थाका संस्थापक जर्मन नागरिक Marianne grospietch ले समचार पढेपछि बालवालिका उद्धार गरेर संरक्षणको जिम्मा लिएको हो । संस्थाले नगरपालिकाको सहकार्यमा काठमाडौ ल्याएको कुवरले वताए ।
संस्थाले ९ बर्षका तपेन्द्र विक, ५ बर्षका राजेश विक र ३ बर्षकी जेनिशा विकलाई उद्धार गरेको हो ।

अलपत्र अबस्थामा रहेका तिनजन बालबालीकाको संस्थाले उद्धार गरेको कुवरले बताए । उद्धार गरिए पछि उनिहरुलाइ सहज हुने भएको स्थानिय रङ्गमल बिकले वताएका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष देखी सम्पर्क विहिन भएको आमा अर्कैसंग पोईल गए पछि उनिहरु अलपत्र परेको उनले बताए ।

बिदेश गएको तिन महिना सम्म त सम्पर्कमा थिए, त्यस पछि कुनै पत्तो नभएको परिवारले वताएका छन् । आमा कल्पना बिकले गत भदौ महिनामा अर्को बिहे गरेर गए पछि तिन भाइबहिनी बेसाहारा बनेको स्थानिय विकले वताएका छन् ।
आमा र बुवा नभए पछि बुढा बाजे बज्यैको ७५ बर्षिय मने लुवार र ७० बर्षिय चिउरी विक सँग रहेका थिए । बाजे बज्यै बुढा भएकाले तिन भाइबहिनीको पालन पोषणमा समस्या भएको थियो ।

आफुहरुको बृद्धभत्ताले पाल्ने गरेका छौ, आफ्नो पेट पाल्नेकि तिनिहरुलाइ पाल्ने निकै समस्या भएको थियो संस्थाले सहयोग गर्दा खुशी भएको बाजे मने लुवारले वताएका छन् ।
तपेन्द्र स्थानिय बिद्यालयमा कक्षा ३ मा र राजेश पुर्व वालकक्षामा पढने गरेका छन् । तिनिहरुको परिवार हलिया परिवार हो, सानो छाप्रो भन्दा बाहेक एक आनापनि जग्गा जमिन छैन् ।

साहुको हलो जोतेर परिवार पाल्ने गरेका थिए । घरमा साहुको हलो जोत्ने कोही नभए पछि थप समस्यामा परेका हुन् । गाउँमा मागेर पाल्नु परेको बाजेले वताएका छन् । मने लुवार क वर्गको अतिगरिब परिवार भित्र पर्ने गरेका छन् ।
३६ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो ।

संस्थाले काठमाडौका कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना