प्रदिप मलासी फागुन २६ बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर –१ कैलाश घर भएका मुकेश नेपाली अहिले ३९ बर्ष लागे । ४ कक्षा सम्म विध्यालय पढेका उनि ७ बर्षकै उमेरको हुँदा उनकी आमाको निधन भयो ।
त्यसपछी उनले न राम्रोसंग विध्यालय जान पाँए, नत राम्रो संग आमाको स्याँहार नै पाँए । बुवा वितेको पनि धेरै भयो । तर मुकेशले बुवाबाट सिकेको लुगा सिलाउने सिपलाई आफ्नो पेशा बनाए । १६ बर्ष पुरानो बुवाको लुगा सिलाउने मेसिनले लुगा सिलाउँदै उनले जीवन गुजारा चलाउदै आएका छन् ।
गाउँमा मुकेशका ५० परिवार भन्दा बढी भाग्या रहेका छन तिनकै लुगा सिलाए बाफत खलो स्वरुप बर्षको २ पटक पाँएको अन्नले उनले केहि महिना गुजरा चलाउने गरेका छन् ।
उनि भन्छन, ‘लुगा सिलाइ दिए बाफत पाउने भनेकै ज्याँला भनेकै त्यही अन्न हो । त्यहि लिन जान पनि एउटा घरमा दुइ दिन काट्नु पर्छ । त्यहि अन्न लिन पनि कहिले खेतमा बोलाउ छन् । कहिले घरमा त्यहि पनि राम्रो मुखले दिदैनन् । विवाह, भुवो, भस्सो भयो भने बाजा बजाए बाफत १ हजार रुपैयाँ पाइन्छ ।
’खुटामा फाटेका जुत्ता, ठाउँठाउँ च्यातिएका लुगा र साथमा छोरो लिएर वडा कार्यालयमा बेरोजगारको फारमको बारेमा बुझ्न आएका मुकेशले भने । ‘यो पटक गरेर ३ पटक बेरोजगारीको फारम भरिसके कहिल्यै मेरो नाम आउदैन् । आज वडा कार्यालयमा त्यसबारेमा बुझ्न आएको हुँ । म बेरोजगारी छु ,बस्नलाई राम्रो घर छैन् ।
बर्खायाममा घर चुहिन्छ । सम्पतीको नाममा जग्गा जमीन छैन् । आम्दानीको बाटो पनि केहि छैन् । घर भित्र १ महिना खानलाई पनि अन्न संचित छैन् । अब बेरोजगारी फारम भर्न पनि बेकार लाग्न थाल्यो । खाली दुख मात्रै गरिबका कुरा कसले सुन्छ उनले प्रश्न गरे ।’
निरास हुँदै यता उति भौतारी रहेका मुकेश वडा कार्यालयको बाहिर बसेका मानिसहरुसंग क्रमशः आफ्ना कुराहरु सुनाउदैँ जान्छन् । ‘कसैको घरका ३ जना समेत बेरोजगारीको सुचिमा परेका छन् । जसको घरमा रोजगार छन् । जसको जग्गाजमिन लेक देखी औँलसम्म छ ।
उनको मात्रै नाम आउछ ।’ मुकेश आफ्नो घरमा आम्दानीको स्रोत नभए पछी साह्रै समस्या भएको सबैलाई सुनाउछन् । जेठो छोरा ८ कक्षामा, माइलो छोरा ५ कक्षामा र कान्छो त्यो पनि स्कुल जाने गरेको भए पनि तिनिहरुलाई लुगा, कापी, कलम जोड्न निकै मुस्कील भएको उनले बताए ।
मुकेशको परिवारमा ५ जना सदस्य छन् ती मध्ये कसैको पनि आयस्रोतको बाटो छैन् । परिवार पाल्नकै लगाी अशक्त शरिर लिएर मुकेशले नै धाउनु पर्छ । दिनभर गााउ नडुलेर साँझ विहान चुल्हो बल्दैन् । दुइ तीन पटक च्यातिएर त्यति नै पटक टालेको कपडा र चयातिएको जुत्ता लगाएर उनी फेरी पनि प्रदानमन्त्री रोजगार कार्यक्रमका लागी फारम भर्न वडा कार्यालय पुगेका थिए ।
उनी भन्छन्, ‘हामी त अव बुढो भइसक्यौ । छोराछोरी वढ्दो उमेरको छन् । छोराछोरीलाई राम्रोसंग लुगाफाटो दिन र पढाउन सके पनि सन्तुष्टी मिल्ने थियो । दिनभर लुगा सिलाउने काम पनि गर्नु पर्छ । वर्षभरी काम गरेपछी मालिकले वर्षमा दुइ पटक मात्र अन्न दिन्छन् । मालिकले दिएको अन्नले पाँच जहान पाल्नलाई मरिगए पुग्दैन् ।’
मुकेश मात्र होइन्, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ पिठालेक घर भएका २२ बर्षिया तिलक थापा पनि ३ बर्ष देखी बेरोजगारीको फारम भर्दै आएका छन् । तर उनको पनि उस्तै समस्या छ । बेरोजगारीको सुचिमा उनि कहिलै परेन्न ।
सदरमुकाम चैनपुरमा ज्याँला मजदुरी गरेर जिविकोपार्जन गर्ने तिलक भन्छन्, ‘कसैको घरको ३ जनाको नाम बेरोगारीको सुचिमा आएको छ । एक पटक होईन पटक पटक उनै दोहरीएका छन । घरमा जग्गा जमिन भन्नु मात्रै छ । तिन महिना खान पुग्दैन् । आमा वुवा छोराछोरी गरी ६ जनाको परिवार जेनतेन आफैले पालेको छु । भनेको बेला काम पाइदैन् । बेरोजगारीमा नाम आयो भने, ३ महिना थप लुगाफाटो घर खर्च चल्थ्यो कि भन्ने हो । के गर्ने हामलाई हालदैनन उनले दुखोसे पोखे ।
तिलक थापासंगै काम गर्न सदरमुकाम चैनपुरमा भेटिएका २५ बर्षिया विनोद थापा भन्छन् ‘बुवाको मृत्यु भएको २ बर्ष भयो, ४ जनाको परिवार छ । काम गर्नलाई काम पनि पाइदैन् । व्यवसाय गर्न केहि छैन् । भर्न त यसपाली पनि बेरोजगारीको फारम भर्नुपर्ला तर नाम आउने होईन।
सुन्ने कुनै सरकार पनि छैन् ।’ बझाङका अधिकांस स्थानिय तहमा जनप्रतिनिधीहरुले नाता गोताका मान्छेहरुलाई मात्र राख्ने गरेको उनिहरुले बताएका छन । गाँउमा केही सानोतिनो अनुदान आयो भने, हुनेखानेहरु नै पहिले अनुदान पाउने गरेको उनिहरुले बताएका छन ।
जयपृथ्वी नगरपालिकामा यो आर्थिक बर्ष ०७८÷०७९ मा ९ सय २६ जनाको नाम सुचिकृत भए पनि २ सय १६ जनाले मात्र प्रधामन्त्री रोजगार कार्यक्रममा न्युनतम् एक सय दिन वरावरको काम पाउने छन् । जिल्लामा भनेजतीको नाम केन्द्रवाट सिफारिस नहुने र उतैवाट नामहरु सिफारिस हुने भएका कारण धेरैजसो स्थानियहरुले गुनासो गर्ने गरेको जयपृथ्वी नगरपालिका रोजगार संयोजक राम चन्द्र धामीले बताए ।
बेरोजगारीको सुचि तयार गर्दा विवरण अनुसार छनोट गरिने भएकाले विवरण भर्दा केहि समस्या हुन सक्ने उनले बताए । कर्मचारी अभावका कारण वास्तविक बेरोजगारहरुको तथ्याङ्क संकलनमा समेत समस्या हुने गरेको धामीले बताए । नेपाल सरकारले २०७५ साल फागुन महिना देखी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार युवायुबतीहरुलाई स्वरोजगारको नाम्मा न्युनतम् एक सय दिनको रोजगारी दिदै आएको भए पनि हरेक क्ष्ँेोत्रमा आफन्त नातागोता र पार्टी कार्यकर्ताहरुलाई पोष्ने काम मात्र हुदै आएको छ ।