"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनप्रतिनिधिहरुका आफन्त र कार्यकर्ताहरुको भर्तिकेन्द्र बन्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, वास्तविक गरिव कहिल्यै पर्दैनन्

No data was found

Khabar Raftar

प्रदिप मलासी फागुन २६ बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर –१ कैलाश घर भएका मुकेश नेपाली अहिले ३९ बर्ष लागे । ४ कक्षा सम्म विध्यालय पढेका उनि ७ बर्षकै उमेरको हुँदा उनकी आमाको निधन भयो ।

त्यसपछी उनले न राम्रोसंग विध्यालय जान पाँए, नत राम्रो संग आमाको स्याँहार नै पाँए । बुवा वितेको पनि धेरै भयो । तर मुकेशले बुवाबाट सिकेको लुगा सिलाउने सिपलाई आफ्नो पेशा बनाए । १६ बर्ष पुरानो बुवाको लुगा सिलाउने मेसिनले लुगा सिलाउँदै उनले जीवन गुजारा चलाउदै आएका छन् ।
गाउँमा मुकेशका ५० परिवार भन्दा बढी भाग्या रहेका छन तिनकै लुगा सिलाए बाफत खलो स्वरुप बर्षको २ पटक पाँएको अन्नले उनले केहि महिना गुजरा चलाउने गरेका छन् ।

उनि भन्छन, ‘लुगा सिलाइ दिए बाफत पाउने भनेकै ज्याँला भनेकै त्यही अन्न हो । त्यहि लिन जान पनि एउटा घरमा दुइ दिन काट्नु पर्छ । त्यहि अन्न लिन पनि कहिले खेतमा बोलाउ छन् । कहिले घरमा त्यहि पनि राम्रो मुखले दिदैनन् । विवाह, भुवो, भस्सो भयो भने बाजा बजाए बाफत १ हजार रुपैयाँ पाइन्छ ।

’खुटामा फाटेका जुत्ता, ठाउँठाउँ च्यातिएका लुगा र साथमा छोरो लिएर वडा कार्यालयमा बेरोजगारको फारमको बारेमा बुझ्न आएका मुकेशले भने । ‘यो पटक गरेर ३ पटक बेरोजगारीको फारम भरिसके कहिल्यै मेरो नाम आउदैन् । आज वडा कार्यालयमा त्यसबारेमा बुझ्न आएको हुँ । म बेरोजगारी छु ,बस्नलाई राम्रो घर छैन् ।

बर्खायाममा घर चुहिन्छ । सम्पतीको नाममा जग्गा जमीन छैन् । आम्दानीको बाटो पनि केहि छैन् । घर भित्र १ महिना खानलाई पनि अन्न संचित छैन् । अब बेरोजगारी फारम भर्न पनि बेकार लाग्न थाल्यो । खाली दुख मात्रै गरिबका कुरा कसले सुन्छ उनले प्रश्न गरे ।’
निरास हुँदै यता उति भौतारी रहेका मुकेश वडा कार्यालयको बाहिर बसेका मानिसहरुसंग क्रमशः आफ्ना कुराहरु सुनाउदैँ जान्छन् । ‘कसैको घरका ३ जना समेत बेरोजगारीको सुचिमा परेका छन् । जसको घरमा रोजगार छन् । जसको जग्गाजमिन लेक देखी औँलसम्म छ ।

उनको मात्रै नाम आउछ ।’ मुकेश आफ्नो घरमा आम्दानीको स्रोत नभए पछी साह्रै समस्या भएको सबैलाई सुनाउछन् । जेठो छोरा ८ कक्षामा, माइलो छोरा ५ कक्षामा र कान्छो त्यो पनि स्कुल जाने गरेको भए पनि तिनिहरुलाई लुगा, कापी, कलम जोड्न निकै मुस्कील भएको उनले बताए ।
मुकेशको परिवारमा ५ जना सदस्य छन् ती मध्ये कसैको पनि आयस्रोतको बाटो छैन् । परिवार पाल्नकै लगाी अशक्त शरिर लिएर मुकेशले नै धाउनु  पर्छ । दिनभर गााउ नडुलेर साँझ विहान चुल्हो बल्दैन् । दुइ तीन पटक च्यातिएर त्यति नै पटक टालेको कपडा र चयातिएको जुत्ता लगाएर उनी फेरी पनि प्रदानमन्त्री रोजगार कार्यक्रमका लागी फारम भर्न वडा कार्यालय पुगेका थिए ।
उनी भन्छन्, ‘हामी त अव बुढो भइसक्यौ । छोराछोरी वढ्दो उमेरको छन् । छोराछोरीलाई राम्रोसंग लुगाफाटो दिन र पढाउन सके पनि सन्तुष्टी मिल्ने थियो । दिनभर लुगा सिलाउने काम पनि गर्नु पर्छ । वर्षभरी काम गरेपछी मालिकले वर्षमा दुइ पटक मात्र अन्न दिन्छन् । मालिकले दिएको अन्नले पाँच जहान पाल्नलाई मरिगए पुग्दैन् ।’
मुकेश मात्र होइन्, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ पिठालेक घर भएका २२ बर्षिया तिलक थापा पनि ३ बर्ष देखी बेरोजगारीको फारम भर्दै आएका छन् । तर उनको पनि उस्तै समस्या छ । बेरोजगारीको सुचिमा उनि कहिलै परेन्न ।

सदरमुकाम चैनपुरमा ज्याँला मजदुरी गरेर जिविकोपार्जन गर्ने तिलक भन्छन्, ‘कसैको घरको ३ जनाको नाम बेरोगारीको सुचिमा आएको छ । एक पटक होईन पटक पटक उनै दोहरीएका छन । घरमा जग्गा जमिन भन्नु मात्रै छ । तिन महिना खान पुग्दैन् । आमा वुवा छोराछोरी गरी ६ जनाको परिवार जेनतेन आफैले पालेको छु । भनेको बेला काम पाइदैन् । बेरोजगारीमा नाम आयो भने, ३ महिना थप लुगाफाटो घर खर्च चल्थ्यो कि भन्ने हो । के गर्ने हामलाई हालदैनन उनले दुखोसे पोखे ।
तिलक थापासंगै काम गर्न सदरमुकाम चैनपुरमा भेटिएका २५ बर्षिया विनोद थापा भन्छन् ‘बुवाको मृत्यु भएको २ बर्ष भयो, ४ जनाको परिवार छ । काम गर्नलाई काम पनि पाइदैन् । व्यवसाय गर्न केहि छैन् । भर्न त यसपाली पनि बेरोजगारीको फारम भर्नुपर्ला तर नाम आउने होईन।

सुन्ने कुनै सरकार पनि छैन् ।’ बझाङका अधिकांस स्थानिय तहमा जनप्रतिनिधीहरुले नाता गोताका मान्छेहरुलाई मात्र राख्ने गरेको उनिहरुले बताएका छन । गाँउमा केही सानोतिनो अनुदान आयो भने, हुनेखानेहरु नै पहिले अनुदान पाउने गरेको उनिहरुले बताएका छन ।
जयपृथ्वी नगरपालिकामा यो आर्थिक बर्ष ०७८÷०७९ मा ९ सय २६ जनाको नाम सुचिकृत भए पनि २ सय १६ जनाले मात्र प्रधामन्त्री रोजगार कार्यक्रममा न्युनतम् एक सय दिन वरावरको काम पाउने छन् । जिल्लामा भनेजतीको नाम केन्द्रवाट सिफारिस नहुने र उतैवाट नामहरु सिफारिस हुने भएका कारण धेरैजसो स्थानियहरुले गुनासो गर्ने गरेको जयपृथ्वी नगरपालिका रोजगार संयोजक राम चन्द्र धामीले बताए ।

बेरोजगारीको सुचि तयार गर्दा विवरण अनुसार छनोट गरिने भएकाले विवरण भर्दा केहि समस्या हुन सक्ने उनले बताए । कर्मचारी अभावका कारण वास्तविक बेरोजगारहरुको तथ्याङ्क संकलनमा समेत समस्या हुने गरेको धामीले बताए । नेपाल सरकारले २०७५ साल फागुन महिना देखी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार युवायुबतीहरुलाई स्वरोजगारको नाम्मा न्युनतम् एक सय दिनको रोजगारी दिदै आएको भए पनि हरेक क्ष्ँेोत्रमा आफन्त नातागोता र पार्टी कार्यकर्ताहरुलाई पोष्ने काम मात्र हुदै आएको छ ।

 

 

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत