फागुन २५, धनगढी
कैलालीको गोदावरी नदीमा डुबेर एक जना बालीकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बरं २ की १५ वर्षिया बालीका खेमा खड्काको नदीमा डुबेर मृत्यु भएको हो ।
साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको काठेपुल मुनीको तलाउमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी गराउनु भयो ।
उनका अनुसार मृतक खड्काको शव अनुसन्धानका लागी अत्तरियास्थित पद्मा अस्पतालमा राखिएकोमा पोष्टमार्टमको लागी सेती प्रादेशीक अस्पताल पठाईएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Post Views: 134