फागुन २४ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –१ खजुवापट्टीमा जंगली हात्तीको बथानले केरा खेतीमा क्षति पु¥याएको छ । मंगलवार बिहान सबेरै केरा फार्ममा पसेको हात्तीको बथाानले एक हजार वटा भन्दा बढी केराका बोट मारेर क्षति पू¥याएको हो ।
बजारमा लैजानका लागि तयारी अवस्थामा राखिएका केरामा हात्तीले क्षति गरेको फार्मका सञ्चालक जगन्नाथ जोशीले बताए । उनले हात्तीको बथानले एक बिघामा लगाइएको केराका बोट ढालेर क्षेति पु¥याएको जानकारी गराए ।
केराको घडी फल खाँदासम्म खाएको छ‚‘बाँकी रहेको खुट्टाले कुल्चेर नोक्सान गरेको छ उनले भने । करिब २० वटा हात्तीको बथानले धेरै नोक्सान गरेको जोशीले
बताए । राति फर्केर आउने सम्भावना रहेकाले चिन्तित रहेको उनले बताए ।
निकुञ्जका कर्मचारी, प्रहरी र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले हात्तीले क्षति पु¥याएको फार्मको अवलोकन गरेको बताउदै उनले क्षतिबारे स्थलगत मुचुल्का समेत तयार गरेको जानकारी गराए ।
जोशीले सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाको चलनभोगमा रहेको ६ विघा जग्गा लिजमा लिएर केरा फार्म सञ्चालन गरेको बताए ।
विद्यालयको १२ बिघामध्ये ६ बिघामा केरा खेती र अन्य जग्गामा प्याज लगायतको तरकारी खेती लगाएको बताउदै उनले विद्यालयलाई वार्षिक रुपमा ६ लाख रूपैयाँ बुझाउने गरी जग्गा भाडामा लिएको जोशीले जानकारी गराए ।