फागुन २१ धनगढी । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक जना २२ बर्षीय युवकको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको जिल्ला कारागारकैलालीका प्रमुख नर बहादुरथापाले जानकारी गराउनु भयो ।
जेलर थापाले जेलमा आएको छट महिना नपुग्दै सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको जानकारी गराउनु भयो ।
मृतक थापामगर विगत दुई महिना देखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी रहेको बताउदै उनले उनको आमा बुवा समेत नभएको बताउनु भयो । यही फागुन १९ गते देखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।
Post Views: 95