"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रधानमन्त्री रोजगार कार्यक्रम बाजुरामा आफन्त र कार्यकर्ता छनौट

No data was found

Khabar Raftar

फागुन २० बाजुरा प्रधानमन्त्री रोजगार कार्यक्रम बाजुरामा आफन्त र कार्यकर्ता छनौट गरिएको पाईएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक आस्थाका आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रममा आफन्त र कार्यकर्ता छनौट गरिएको पाईएको हो । जनप्रतिनिधिले आफन्त र पार्टी प्रति आस्था राख्नेलाई मात्र छनौट गर्दा वास्तविक गरिबहरू कायैक्रमबाट बञ्चित हुँदै आएका छन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पार्दा यथार्थ गरिबलाई छनौट नगरी शिक्षक कर्मचारी र ठेकेदारका परिवारलाई वडाका जनप्रतिनिधिहरूले छनौट गरेको स्थानीयले बताएका छन ।
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ का जनप्रतिनिधि तथा कर्मचारीले यथार्थ गरिबलाई नभइ आस्था र आफन्तको आधारमा शिक्षक, ठेकेदारका परिवारलाई गरिबको सूचीमा राखेर छनौट गरेको स्थानीय राइभान धामीले जानकारी गराए ।

उनले जनप्रतिनिधि र कर्मचारीले गरिबहरूलाई छनौट नगरी जागिरवाला र पावरवालाका आफन्तलाई छनौट गरेको जानकारी गराए । गरिबहरूका लागि काम गरेर खाने वातावरण नै नभएको उनले बताए ।
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ आटिचौरका वास्तविक गरिब भन्दा धेरै जसो शिक्षक र उनका परिवार भित्रका सदस्य छनौट भएको जानकारी गराउदै उनले मष्टेश्वरी मावि डोगडीका प्रधानाध्यापक मंगल धामीकी श्रीमती सिर्जना धामीलाई पनि रोजगार कार्यक्रमका लागि छनौट गरिएको बताए ।
त्यसैगरी ब्रह्मदेव निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नाथकी श्रीमती लक्ष्मीदेवी नाथको नाम पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचीमा रहेको उनले बताए ।

ब्रह्मदेव निम्न माध्यमिक विद्यालयका शिक्षक गोरे नाथकी श्रीमती नामसरा नाथ, शिक्षक अर्जुन नाथकी श्रीमती चन्दकला नाथ, शिक्षक चन्द नाथका छोरा सन्तोष नाथ, शिक्षक सारा नाथका श्रीमान् गोरे नाथ योगी, शिक्षक सत्यदेवी नाथका श्रीमान् नन्द नाथ योगी पनि रोजगार कार्यक्रमका लागी छनौट गरिएको स्थानीयले जानकारी गराए ।
गाउँपालिकामा कार्यरत पोषण संयोजक शेरबहादुर बुढाकी श्रीमती मना बुढा, सोही वडा कार्यलयमा कार्यरत लेखापाल शंकर नाथकी श्रीमती पार्वती कुमारी गिरीलाई पनि छनौट गरिएको बताईएको छ ।
त्यसैगरी ठेकेदार बुद्ध बुढाकी आमा माता बुढालाई पनि रोजगार कार्यक्रममा छनौट गरिएको छ । यथार्थ गरिब तथा रोजगारीका लागि भौतारिरहेका गरीबहरुलाई रोजगारीबाट बञ्चित गरी शिक्षक तथा पालिकाका कर्मचारीका परिवारका सदस्यलाई मात्र रोजगार कार्यक्रममा छनौट गरिएको ्् पाइएको आटिचौरका स्थानीय सन्तोष नाथले जानकारी गराए । वडाध्यक्ष कुम्भ नाथले आफ्ना कार्यकर्तालाई मात्र रोजगारमा छनौट गरेको भन्दै स्थानीय आक्रोशित भएको उनले जानकारी गराए ।

वडाध्यक्ष नाथले एकपक्षीय ढंगले रोजगारमा छनौट गरेको स्थानीय लालवीर नाथले गुनासो गरे । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा पहिला र पछि छनौटमा परेका ब्याक्तिहरुको सूची माग्दा नपाएको पनि उनले जानकारी गराए ।
वडाध्यक्ष नाथ र खप्तड छेडेदह गाउँपालिकाका रोजगार संयोजक लोकराज जोशीले सूची नै गायव गरेको उनले जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत