"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा फागुन २८ गते देखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाइँने

No data was found

Khabar Raftar

फागुन १८ धनगढी । कैलालीमा यही फागुन २८ गतेबाट हात्तीपाइलेको आम औषधी खुवाईने भएको छ । कैलालीका १३ वटै स्थानीय तहहरूमा फागुन २८ गतेदेखि चैत १५ गते सम्म हात्तीपाइले विरुद्धको १० औँ चरणको आम औषधी खुवाइने भएको हो ।

कैलालीमा ८ लाख ६९ हजार ८ सय ६९ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरूमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले जानकारी गराए ।

उनले कैलालीमा दशौैं चरणको अभियान सञ्चालन गरिएको जानकारी गराउदै सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन अनुरोध गर्नु भयो । खाली पेटमा औषधी सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिँगटा लाग्ने हुन सक्ने बताउदै उनले खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पनि अनुरोध गर्नु भयो । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य कार्यालय प्रमुख धामीले जानकारी गराउनु भयो ।

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग भएको जानकाी गराउदै कार्यालय प्रमुख धामीले हात्तीपाईले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने जानकारी गराउनु भयो ।

सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने बताउदै उनले मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरू देखिने र लक्षण देखिइसके पछि रोग निको नहुने बताउनु भयो । हात्तीपाइले रोगबाट बच्नका लागी प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरूमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको कार्यालय प्रमुख धामीले बताउनु भयो ।

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भई वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरूलाई पनि गर्न लगाउन कार्यालयले अनुरोध गरेको छ ।

हात्तीपाइले रोगबाट बच्न तीन थरि औषधिहरू प्रयोगमा आएको आएको बताउदै उनले एक दशक देखि विश्वभरी ती औषधीहरु प्रयोग हुँदै आइरहेको बताउनु भयो । तीन थरि औषधिले हात्तीपाइले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँने कार्यालयले जनाएको छ ।
त्यसैगरी हात्तीपाइले रोग लामखुट्टेबाट सर्ने बताउदै कार्यालय प्रमुख धामीले हात्तीपाइलेका परजीवी भएकाहरूको शरीरमा रगत चुसेको लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उक्त कीटाणु सार्ने सम्भावना बढी हुने जानकारी गराउनु भयो । जुकाको कारणले हात्तीपाइले रोग सर्ने हो । तर हात्तीपाइले रोग सार्ने मुख्य माध्यम भनेको लामखुट्टेबाट हो ।

लामखुट्टेले टोक्दा परजीवी शरीरमा सरेमा कतिपय व्यक्तिलाई लक्षण देखिँदैन उनले भन्नु भयो । शरीरमा हात्तीपाइलेको परजीवी मसिनो जुका प्रवेश ग¥यो भने रगतको माध्यमले लिम्फ नलीमा गएर बस्छ । त्यसपछि त्यो परजीवी वयस्कमा परिणत हुनका लागि १ वर्ष लाग्छ । परजीवी वृद्धि विकास भए पछि बल्ल त्यस रोगको असर देखिन सुरु हुन्छ ।

लिम्फ नलीमा जति समयसम्ममा परजीवी बस्छ, त्यति नै लिम्फ नली नष्ट हुँदै जान्छ । यसरी परजीवी शरीर प्रवेश गर्दा थाहा नहुन पनि सक्छ उनले भने । कसैमा हात्तीपाइले रोगको परजीवी शरीरमा प्रवेश ग¥यो भने हात, खुट्टाका नलीमा इनफ्लेमेसन गराउँदा रातो हुने, दुख्ने, ज्वरो आउने, हात खुट्टा छाम्दा तातो हुने जस्ता लक्षणहरू देखापर्ने हुन्छ ।

यो अवस्थामा उपचार गराएर औषधि सेवन गरेमा निको हुन्छ । यस्ता प्रभावित व्यक्तिको निकट रहेका व्यक्तिलाई पनि परजीवीको सङ्क्रमण सर्ने खतरा बढी हुने भएकोले तिनलाई पनि औषधि सेवन गराइन्छ । शरीरमा प्रवेश गरेको परजीवीको उपचार भएन भने परजीवी हुर्केर वयस्कमा परिणत हुन्छ । ती वयस्क परजीवी पनि भाले पोथी दुवै हुन सक्ने भएकोले तिनले थुप्रै बच्चा उत्पादन गरेर लिम्फ नलीलाई घेर्न थाल्छ ।

शरीरमा विशेष गरेर परजीवी राती १० बजेदेखि बिहानको २ बजेका समय कालमा रगतमा बढी सक्रिय हुने गर्छ । यो रगतको माध्यमबाट फोक्सोमा पुगेको छ भने राती राती खोकी लाग्ने गर्छ उनले भने । त्यसैले शरीरमा हात्तीपाइले सङ्क्रमण छ कि छैन भनेर जाँच्न त्यति सजिलो नभएकोले आम रूपमा औषधी खुवाइने गरिएको जानकारी गराउदै उनले जसले गर्दा कसैको शरीरमा परजीवीको सङ्क्रमण छ भने त्यो नष्ट भएर जाने बताउनु भयो ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण