"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमसीसी पास गरेको विरोधमा, फागुन २० गते काठमडौँमा प्रदर्शन गरिने

No data was found

Khabar Raftar

फागुन १८ धनगढी । संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पास गरेको विरोधमा यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शन गरिने भएको छ ।
नेकपा सहित ६ वटा कम्युनिस्ट पार्टी र २ वटा मोर्चाद्वारा राष्ट्रघाती एमसीसी सम्झौता पास गरेको विरोधमा फागुन २० गते काठमडौँमा संयुक्त रुपमा विशाल प्रदर्शन गरिने भएको हो । मङ्गलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी विरुद्ध आन्दोलनरत उक्त संगठनहरुले फागुन २० गते काठमडौँमा विशाल प्रदर्शन गर्ने जानकारी गराएका हुन ।
प्रेस विज्ञप्तीमा नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताहरुले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी एमसीसी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघात गरेको उल्लेख गरिएको छ ।

No data was found

जनघाती राष्ट्रघाती एमसीसी संसदबाट पारीत गरेर अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ । संसदबाट एमसीसी पारीत गर्नु देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध भएको मोर्चाले ठहर गरेको छ । नेकपा (एमाले) ले सङ्घर्ष गर्नुको सट्टा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि मार्चाले गरेको छ ।
संयुक्त प्रेस विज्ञप्तिमा ६ वटा कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको संयुक्त बैठकले नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको इतिहासमा फागुन १५ गतेलाई कालो दिन घोषणा गरेको उल्लेख गरि।एको छ ।
विज्ञप्तिमा एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसङ्घर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको उल्लेख गरिएको छ । त्यसैगरी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको संयुक्त बैठकले आगामी चैत ६ गतेसम्मका लागी जनसङ्घर्षका कार्यक्रमहरू समेत घोषणा गरेको छ ।

कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू, राष्ट्रवादी व्यक्तित्वहरू र आमनेपाली जनसमुदायमा घोषित सङ्घर्षको कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न व्यापक सहभागिताका लागी अनुरोध समेत गरिएको छ । संयुक्त प्रेस विज्ञप्तिमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले हस्ताक्षर गर्नु भएको छ ।

संयुक्त बैठकले फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरूसंगे अन्तरक्रिया गर्ने,फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने, फागुन २६ गते विद्यार्थीहरूले देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा गर्ने, फागुन २८ गते युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने, फागुन ३० गते मजदुरहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने, चैत २ गते किसानहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने संघर्षका कार्यक्रमहरु तय गरिएका छन ।
त्यसैगरी चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने र चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय÷क्षेत्रीय) मोर्चाहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने संघर्षका कार्यक्रमहरु घोषणा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त