"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

No data was found

Khabar Raftar

फागुन १६,काठमाडौँ । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो।

No data was found

अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो। खेलमा ११४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन्। ४४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन्।

त्यसैगरी इन्दु बर्माले अविजित रहँदै २४ बलमा २९ रन जोडिन् भने कप्तान सिता राना मगर १९ रनमा आउट भइन्। सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एकरएक विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान भने डोली भट्टले ३६ रन जोडिन्।

त्यस्तै कविता कुँवर २४ रनमा अविजित रहिन् भने रेवती धामीले १० रनमा तथा रितु कनौजिया २ रनमा अविजित रहिन्। एपीएफका लागि सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् । उपाधिसहित एपिएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख प्राप्त गरेका छन्।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ