"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरको वनहरा शिविरका सुकुम्बासी, कष्टकर जीवन बिताउँदै

Khabar Raftar

फागुन १४ कञ्चनपुर । कञ्चनपुरको वनहरा शिविरका सुकुम्बासीहरु कष्टकर जीवन बिताउँदै आएका छन । विभिन्न समस्याले गर्दा विभिन्न क्षेत्रबाट आएर त्याहा बस्दै आएका सुकुम्बासीहरु कष्टकर जीवन बिताउँदै आएका हुन ।
वर्षा हँुदा झोपडी नै चुहिने भए पछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेको उनिहरुले बताएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पुर्न स्थापनाको आसमा वर्षौंदेखि उक्त शिविरम बस्दै आएका तुलाराम बोहराले गर्मी सुरु भए पछि लामखुट्टे र गर्मीका कारण राति सुत्न नसकिने बताउदै चिसोमा कठ्याङग्रीयर बस्नु पर्ने बाध्यता रहेको बताए । उक्त शिविरमा बस्दै आएका बैतडीको तत्कालिन सिगास गाविस ढुङ्गाड क्षेत्रबाट कामको खोजीमा तराई झरेका माधव लुहारले सरकारले हलियामुक्त घोषणा गरे पछि बाल बालिका सहित खाली हात तराई झरेको बताए ।

केही समय भारतमा गरेर होटलमा भाँडा माँझ्ने काम गरेको बताउदै उनले स्वदेश फर्के पछि घरबास नहुँदा बनहरा नदीको किनारर्मा झुपडी बनाएर बस्दै आएको बताए । देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा नभएको बताउदै उनले बिहान छ बजे देखि बेलुका सम्म मजदुरी गरेर दैनिक आएको २ सय रुपैयाले परिवार पाल्दै आएको बताए ।

मजदुरी गरेर ल्याएको २ सयले राम्ररी खान समेत नपुग्ने गरेको उनले दुखेसो पोखे । वर्षमा एक पटक खरिद गरिएका लुगाले वर्षौ धान्नुपर्ने बाध्यता रहेको बताउदै उनले ज्याला नपाएको दिन नदीको पानी पिएर बाल बालिकासँगै भोकै रात काट्नु परेको उनले पीडा सुनाए ।

त्यसैगरी वर्षौं देखि उक्त शिविरमा बस्दै आएकी मथुरा दमाईले पनि डडेल्धुरामा बस्दै आएको गुठी जग्गाबाट हटाइए पछि दुई दशक देखि शिविरमा बस्दै आएको बताईन । उनले अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य गर्दै पेटपाल्दै आएको बताईन ।

ओत लाग्ने घरजग्गा नभए पछि बाध्य भएर शिविरमा बस्नु परेको बताउदै उनले गुठीको जग्गाबाट हटाए पछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्दै आएको बताईन । सुकुम्बासीलाई पुर्नःस्थापन गरी घरजग्गाको व्यवस्था गर्न आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेको बताउदै उनले फाराम भरे पछि जग्गा पाउने आश जागेको बताईन ।
शिविरमा बस्दै आएकी कलावती दमाईंले कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको एक दशक बढी समय भइसकेको बताउदै उनले घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा बेचेर छाक टार्ने गरेको बताउनु भयो ।

शिविरमा झुपडी बनाएर बस्दै आएका एक दर्जन बढी सुकुम्बासीहरुका ४० बढी बाल बालिकाहरु विद्यालय समेत जान पाएका छैनन् । शिविरमा बस्दै आएका परिवारका सदस्यहरुले भारतमा मजदुरी गर्दै आएका छन । युवा सबै भारतमा काम गर्छन् । बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् । थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत उनिहरुलाइ समस्या हुने गरेको छ । शिविरमा बस्दै आएका् २४ घर परिवारले ओत लाग्न घर, र घरखर्च चलाउन सीपमूलक रोजगारीको व्यवस्था गरी दिन आग्रह समेत गरेका छन ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना