"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको वनहरा शिविरका सुकुम्बासी, कष्टकर जीवन बिताउँदै

No data was found

Khabar Raftar

फागुन १४ कञ्चनपुर । कञ्चनपुरको वनहरा शिविरका सुकुम्बासीहरु कष्टकर जीवन बिताउँदै आएका छन । विभिन्न समस्याले गर्दा विभिन्न क्षेत्रबाट आएर त्याहा बस्दै आएका सुकुम्बासीहरु कष्टकर जीवन बिताउँदै आएका हुन ।
वर्षा हँुदा झोपडी नै चुहिने भए पछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेको उनिहरुले बताएका छन ।

पुर्न स्थापनाको आसमा वर्षौंदेखि उक्त शिविरम बस्दै आएका तुलाराम बोहराले गर्मी सुरु भए पछि लामखुट्टे र गर्मीका कारण राति सुत्न नसकिने बताउदै चिसोमा कठ्याङग्रीयर बस्नु पर्ने बाध्यता रहेको बताए । उक्त शिविरमा बस्दै आएका बैतडीको तत्कालिन सिगास गाविस ढुङ्गाड क्षेत्रबाट कामको खोजीमा तराई झरेका माधव लुहारले सरकारले हलियामुक्त घोषणा गरे पछि बाल बालिका सहित खाली हात तराई झरेको बताए ।

केही समय भारतमा गरेर होटलमा भाँडा माँझ्ने काम गरेको बताउदै उनले स्वदेश फर्के पछि घरबास नहुँदा बनहरा नदीको किनारर्मा झुपडी बनाएर बस्दै आएको बताए । देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा नभएको बताउदै उनले बिहान छ बजे देखि बेलुका सम्म मजदुरी गरेर दैनिक आएको २ सय रुपैयाले परिवार पाल्दै आएको बताए ।

मजदुरी गरेर ल्याएको २ सयले राम्ररी खान समेत नपुग्ने गरेको उनले दुखेसो पोखे । वर्षमा एक पटक खरिद गरिएका लुगाले वर्षौ धान्नुपर्ने बाध्यता रहेको बताउदै उनले ज्याला नपाएको दिन नदीको पानी पिएर बाल बालिकासँगै भोकै रात काट्नु परेको उनले पीडा सुनाए ।

त्यसैगरी वर्षौं देखि उक्त शिविरमा बस्दै आएकी मथुरा दमाईले पनि डडेल्धुरामा बस्दै आएको गुठी जग्गाबाट हटाइए पछि दुई दशक देखि शिविरमा बस्दै आएको बताईन । उनले अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य गर्दै पेटपाल्दै आएको बताईन ।

ओत लाग्ने घरजग्गा नभए पछि बाध्य भएर शिविरमा बस्नु परेको बताउदै उनले गुठीको जग्गाबाट हटाए पछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्दै आएको बताईन । सुकुम्बासीलाई पुर्नःस्थापन गरी घरजग्गाको व्यवस्था गर्न आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेको बताउदै उनले फाराम भरे पछि जग्गा पाउने आश जागेको बताईन ।
शिविरमा बस्दै आएकी कलावती दमाईंले कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको एक दशक बढी समय भइसकेको बताउदै उनले घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा बेचेर छाक टार्ने गरेको बताउनु भयो ।

शिविरमा झुपडी बनाएर बस्दै आएका एक दर्जन बढी सुकुम्बासीहरुका ४० बढी बाल बालिकाहरु विद्यालय समेत जान पाएका छैनन् । शिविरमा बस्दै आएका परिवारका सदस्यहरुले भारतमा मजदुरी गर्दै आएका छन । युवा सबै भारतमा काम गर्छन् । बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् । थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत उनिहरुलाइ समस्या हुने गरेको छ । शिविरमा बस्दै आएका् २४ घर परिवारले ओत लाग्न घर, र घरखर्च चलाउन सीपमूलक रोजगारीको व्यवस्था गरी दिन आग्रह समेत गरेका छन ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण