"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीका एक लाख ४२ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

No data was found

Khabar Raftar

फागुन १४ बैतडी । बैतडीमा १ लाख ४२ हजार ६ सय २९ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बुस्टर डोज भने ४ हजार ३ सय १ जनाले लगाएका छन्।

No data was found

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार ३ सय ९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६ सय ९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो र २६ हजार ४ सय ९५ जनाले पूर्ण खोप पाएका छन्।

पुर्चौंडी नगरपालिकामा २१ हजार ३ सय ४० जनाले खोपको पहिलो र १८ हजार ४ सय ६३ जनाले पूर्ण खोप लगाएका छन्। यसैगरी मेलौली नगरपालिकामा १३ हजार ७ सय ८५ जनाले खोपको पहिलो मात्रा र १० हजार ८ सय ४१ जनाले पूर्ण खोप लगाएका छन्।

डिलाशैनी गाउँपालिकामा १७ हजार ७ सय ३३ जनाले खोपको पहिलो मात्रा र आठ हजार ४ सय ४३ जनाले पूर्ण खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८ सय १८ जनाले खोपको पहिलो र आठ हजार ५ सय ९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ सुर्नया गाउँपालिकामा ९ हजार ६ सय ९६ जनाले खोपको पहिलो मात्रा र नौ हजार ९ सय २० जनाले पूर्ण खोप लगाएका छन्।

पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९ सय ७० जनाले खोपको पहिलो मात्रा र ६ हजार ९ सय ९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ शिवनाथ गाउँपालिकामा ७ हजार ५ सय ३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ३ सय ८० जनाले पूर्ण खोप लगाएका छन्। सिगास गाउँपालिकामा ९ हजार ३ सय ३२ जनाले खोपको पहिलो मात्रा र ११ हजार ७ सय १९ जनाले पूर्ण खोप पाएका छन्।

१२ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सरकारले यस अघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ। यहाँका सबै स्थानीय तहबाट कोरोना विरुद्धको खोप अभियान निरन्तर रुपमा चलिरहेको छ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ