"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाइने

Khabar Raftar

कञ्चनपुर, फागुन १४ । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाउने अभियान थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको घरका रुपमा परिचित छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सयौँको सङ्ख्यामा रहेका बथानका बथान बाह्रसिङ्गाले धेरैको मन तान्छन् । अन्तर्राष्ट्रिय पहिचानसमेत भएको बाह्रसिङ्गालाई अब भीमदत्तको ब्रान्ड बनाउने घोषणा नगरपालिकाले गरेको हो ।

यहाँ आउने हरेक यात्रुलाई चुरे पहाड, झोलुङ्गे पुल, शुक्लाफाँटालगायतका पर्यटकीय स्थलले आकर्षित गर्छन् । त्यसमा पनि बाह्रसिङ्गा खास हो । त्यसैले शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको हो ।

आर्थिक २०७८र०७९ को नीति तथा कार्यक्रममा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित बाह्रसिङ्गा चौराहामा प्रमुख विष्टले भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गर्नुभयो ।

नगरपालिकालाई चिनाउन भीमदत्तले बाह्रसिङ्गासहितको लोगो बनाएको छ । उक्त लोगोलाई नगर प्रमुख विष्टले सार्वजनिक गर्नुभएको हो ।

‘बाह्रसिङ्गा भीमदत्त नगरको ब्रान्ड बनेको छ,’ उहाँले भन्नुभयो, ‘बाह्रसिङ्गासहितको लोगो तथा पोस्टर सबै कार्यालय, चोकहरू, पसलहरूमा राख्न लगाउँछौं, बाह्रसिङ्गाको व्यापक प्रचारप्रसार गराउँछौँ ।’

नगरपालिकाका सबै प्रकाशनहरूमा बाह्रसिङ्गाको लोगो राखिने नगर प्रमुख विष्टले जानकारी दिनु भयो ।
शुक्लाफाँटामा २ हजार २ सय ४८ को सङ्ख्यामा बाह्रसिङ्गा रहेको अनुमान छ ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ