"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

टीकापुर विमानस्थल चाडै सञ्चालनमा ल्याउने मन्त्री आलेको दावी

Khabar Raftar

सुदिप विक,फागुन १३ टीकापुर । संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाडै सञ्चालनमा ल्याउने दावी गर्नु भएको छ ।
शुक्रबार कैलालीको टीकापुर विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले यस्तो दावी गर्नु भएको हो ।
चालू आर्थिक वर्षमा विमानस्थलको लागि दुई करोड बजेट विनियोजन भैसकेको जानकारी गराउदै मन्त्री आलेले टीकापुर विमानस्थल चाडै सञ्चालनमा ल्याउने दावी गर्नु भएको हो ।
विमानस्थलको अध्ययन समितिले त्यसको सर्वे गरेर गैसकेको जानकारी गराउदै उनले अध्ययन समितिको प्रतिवेदनको आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य सर्वे भएको दुई वटा क्षेत्रमा नयाँ विमानस्थलको लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसके पछि थाहा हुने उनले बताए । मन्त्री आलेले चालू आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुने बताउदै त्यसलाई बहुवर्षिय आयोजनाको रुपमा राखेर काम गर्न सकिने बताउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

विमानस्थलसँग पर्यटन क्षेत्र जोडिएकोले पनि टीकापुरमा विमानस्थल अपरिहार्य भएको बताउदै मन्त्री आलेले पर्यटकीय दृष्टिकोणले पनि टीकापुर निकै लोकप्रिय रहेकाले धेरै सम्भावनाहरु रहेको बताएका छन् । मन्त्री आलेले सम्भावनाहरुसँग हवाई माध्यमको पहुँच पु¥याउन प्रतिबद्ध भएको बताउदै विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफै चलायमान हुने बताउनु भयो ।
मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन भएको जानकारी गराउदै प्रत्येक जिल्लामा कम्तिमा एउटा हवाई मैदानको निर्माणको लागि आफुले पहल गरेको बताउनु भयो ।
धनगढी विमानस्थल र भारतको दिल्ली हुँदै नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्रर्याक निर्माणका लागि बिश्व बैंकसँग समन्वय भैरहेको जानकारी गराउदै मन्त्री आलेले त्यसका लागि करिब ६५ अर्ब बजेट माग गरिएको बताउनु भयो ।
मन्त्री आलेले धनगढी विमानस्थल र भारतको दिल्ली हुँदै नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्रर्याक निर्माण गर्न सके सुदूरपश्चिम प्रदेश पर्यटन क्षेत्रको हवको रुपमा चिनिने बताउनु भयो । त्यसै क्रममा विमानस्थल सञ्चालनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघले मन्त्री आलेलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते