धनगढी,१३ फागुन । कैलालीमा अवैध भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित बिशालनगर सडक खण्डमा ५९ हजार बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको हो ।
अवैध रूपमा भन्सार छली गरी ल्याएको ९.५ क्विन्टल चिनी तथा विभिन्न सामानहरू गरी ५९ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार बरामद गरिएको सो अवैध सामान आवश्यक कारबाहीका लागी कैलाली भन्सार कार्यालय पठाइएको जनाएको छ ।
Post Views: 268