फागुन ११ धनगढी । नवजीवन सहकारी संस्थाको नयाँ कार्य समिति चयनका लागी यही फागुन २८ गते हुने २८ औं वार्षिक चुनाबी साधारणसभाका लागी बमको टिम घोषणा गरिएको छ ।
बमको समुहले बुधबार आफ्नो प्यानल घोषणा गरेको हो । नवजीवन सहकारी संस्थाको २८ औं वार्षिक चुनाबी साधारणसभाका लागी बमको टीम घोषणा गरिएको हो ।
नयाँ नेतृत्वको लागी देबबहादुर बम र रतन कठायत प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन् । बमको प्यानलमा उपाध्यक्षमा भरत राज जोशी रहेका छन् भने सदस्यहरुमा ईन्दिरा जैशी , गोपालराज पाठक ,गोमा अधिकारी , घन बहादुर शाह ,पदमराज सापकोटा ,प्रकाश जोशी , डा महेशराज बिष्ट रहेका छन् । यस्तै अन्य सदस्यमा माधब चौधरी ,रबी कुँवर ,बिश्वनाथ ओझा ,शिवकुमार फुलारा रहेका छन् ।
उक्त समुहबाट लेखा समितीमा मदनराज ओझा ,गणेश प्रसाद उपाध्याय र स्वरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार बमले संस्थालाई नयाँ उचाईमा पुर्याउन आफ्नो समुहको उम्मेदवारी रहेको बताएका छन ।
उनले आफ्नो समुहलाई सबै पार्टी , संघ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको बताएका छन । २०५० सालमा ९ जना शेयर सदस्यले शुरु गरेको नवजीवन सहकारी संस्थामा हाल झन्डै ३० हजार शेयर सदस्य रहेका छन् ।